
काठमाडौं ।
विश्वव्यापी रूपमा मनाइने पृथ्वी दिवस २०२६ का अवसरमा वर्ल्डलिंक कम्युनिकेशन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको ऐतिहासिक स्थल किर्तिपुर वडा नं ६ मा अवस्थित मन्जुश्री पार्कमा डस्टबिन हस्तान्तरण तथा सरसफाइ कार्यक्रम गरेको छ। कार्यक्रममा स्थानीय सस्थां प्रगतिशील युवा समूह र जलविनायक सामुदायिक वन उपभोक्ता समूहकोसंयुक्त आयोजना संचालन गरिएको थियो।
उक्त कार्यक्रममा मन्जुश्री पार्क र जलविनायक सामुदायिक वनकोक्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि डस्टबिनहरू त्यहाका प्रतिनिधिहरु समक्ष वर्ल्डलिंककी सिएसआर डाइरेक्टर तथा प्रमोटर सेयर होल्डर, अनुपा भण्डारी जालान र किर्तिपुर नगरपालिकाकी उपमेयर, शुभलक्ष्मी शाक्यले सयुक्त रुपमा डस्टविनकोचाबी हस्तान्तरण गरेका थिए।
साथै, सहभागीहरूले पार्क र सामुदायिक वन क्षेत्रमा सामूहिक रुपमा सरसफाइ अभियान सञ्चालन गर्दै प्लास्टिकरहित क्षेत्र व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पार्कमा आउने आगन्तुकहरूको सुविधालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा निःशुल्क वाई–फाई सेवा पनि उपलब्ध गराइएको जानकारी भण्डारी जलानले दिइन्। यो कदमले डिजिटल पहुँच र पर्यटकीय अनुभवलाई थप सहज बनाउने अपेक्षा गरिएको बताइएको छ।
त्यसैगरी, उनले पृथ्वी दिवस केवल उत्सव नभई सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै हाम्रो शक्ति, हाम्रो पृथ्वी भन्ने यो वर्षको नाराले पृथ्वीको संरक्षणमा सामूहिक प्रयासको आवश्यकता झल्काउने बताइन। उनले वातावरण संरक्षण कुनै एक पक्षको मात्र दायित्व नभई सबैको साझा जिम्मेवारी भएको थप उल्लेख गरिन्।
कार्यक्रममा किर्तिपुर नगर उपप्रमुखले वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको कार्यक्रमको प्रशंसा गर्दै र आगामी दिनमा निरन्तर यस्ता गतिविधि गर्न सुझाब र साथ पाउने अपेक्षा राखेका बताए।
२०५० साल देखि स्थापना भएको प्रगतिसिल युवा समुहले मन्जुश्री पार्क र सामुदायिक वनको स्थापना र यसको संरक्षणमा निरन्तर लागि रहेको सो क्लवका अध्यक्ष सुजन मर्हजनले बताए।
साथै, यस ऐतिहासिक स्थल मन्जुश्री पार्क र सामुदायिक वनको संरक्षण, प्रवद्र्धन, सास्कृतिक र प्रर्यटकीय पहिचानलाई सबै समक्ष पुर्याउन स्थानीयहरुको सक्रिय सहभागीता रहेको हुनाले सो कार्यममा सबैजना धन्यवादको पात्र रहेको उल्लेख गरे।
प्रकाशित: १३ बैशाख २०८३, आईतवार