
काठमाडौं ।
गुगलले अब गुगल फोटोज ईमेज इडिटरमा नयाँ टच–अप टुल्स प्रस्तुत गरेको छ। यो सुविधाले प्रयोकर्तालाई स्किन टेक्सचर (छालाको बनावट) लाई रिफाइन (परिष्कृत) गर्ने, दाग हटाउने, आँखा उज्यालो पार्ने वा दाँत सेतो बनाउने “सूक्ष्म वृद्धिहरू लागू गर्न” दिनेछ।
फोटोमा फेस (अनुहार) चयन गरिसकेपछि हिल, स्मूथ, अण्डर आइज, आइरिस, तिथ (दाँत), आईब्रोज (आँखीभौं) वा लिप्स (ओठ) जस्ता विकल्पहरू मध्ये एक छनौट गर्दै नयाँ टुल्सहरू प्रयोग गर्न सकिने छ। एकपटक इफेक्ट (प्रभाव) चयन गरेपछि प्रयोकर्ताले त्यसको तीव्रता समायोजन गर्न सक्नेछन्।
यी टुल्सहरू हाल एन्ड्रोइडको लागि गुगल फोटोज एपमा विश्वव्यापी रूपमा रोल आउट भइरहेका छन् भने त्यसको लागि एन्ड्रोइड ९.० वा पछिका रन गरिरहेका कम्तिमा ४ जीबी र्याम भएका डिभाइसहरूको आवश्यक पर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १० बैशाख २०८३, बिहीबार