अब कम्पनी रजिस्ट्रारको कार्यालयको सेवाबारे एआईसँग जानकारी लिन सकिने: एआईमा आधारित कल सेन्टर सञ्चालन

  • Technology Khabar | १० बैशाख २०८३, बिहीबार
अब कम्पनी रजिस्ट्रारको कार्यालयको सेवाबारे एआईसँग जानकारी लिन सकिने: एआईमा आधारित कल सेन्टर सञ्चालन
एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

कम्पनी रजिस्ट्रारको कार्यालयसम्बन्धी जानकारी अब एआईमार्फत् लिन सकिने भएको छ। कम्पनीले हालै एआईमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएपछि यो सुविधा उपलब्ध भएको हो। यसबारे कम्पनीले मंगलबार एक विज्ञप्तिमार्फत सबैलाई जानकारी गराएको हो।

‘कम्पनी रजिष्ट्रारको कार्यालयले प्रदान गर्ने सेवाहरु तथा कार्यालयको वारेमा जानकारी दिन सक्ने गरी एआईमा आधारित कल सेन्टर सञ्चालनमा ल्याइएको छ’, विज्ञपुतिमा उल्लेख छ।

कम्पनीका अनुसार यो सेवा २४ सै घण्टा उपलब्ध हुने छ भने कल सेन्टरले कम्पनी प्रशासन, कार्यालयले प्रदान गर्ने सेवा र यसको प्रकृया, कागजात लगायत कार्यालयका कर्मचारीहरुको एक्स्टेन्सन नम्बर सहित सबै विषयमा जानकारी दिनेछ।

यसका लागि ९७००००४४१४ नम्बरमा कल गरेर सेवाग्राही आफ्ना जिज्ञासा राख्न र समाधान लिन सकिन्छ ।

कम्पनी दर्ता तथा दर्ता पश्चातका क्रियाकलापमा यसले सहायता प्रदान गर्दछ। सेवाग्राहीलाई सम्बन्धित सवै विषयका सूचना जानकारी उपलब्ध गराउन सक्ने गरी क्रमशः ज्ञान थप गर्दै परिस्कृत र परिमार्जित गरिँदै लगिने
कम्पनीको प्रतिवद्धता रहेको छ ।

प्रकाशित: १० बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार