सामसङ ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी नेपालमा सार्वजनिक

  • Technology Khabar | ७ बैशाख २०८३, सोमबार
सामसङ ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी नेपालमा सार्वजनिक
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङ नेपालले ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी सार्वजनिक गरेको छ। ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जीको साथ ग्यालेक्सी ए सिरिजलाई थप विस्तार गर्दै उन्नत क्यामरा प्रदर्शन, स्मार्ट फिचरहरू र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्य राखेको छ।

सामसङले पहिलेको १२ महिनाको ईएमआई योजनालाई अपग्रेड गर्दै २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराएको छ र यसले प्रिमियम प्रविधिलाई अझ सजिलो र पहुँचयोग्य बनाएको छ।

कम्पनीका अनुसार यो सुविधा सामसङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध छ।

नयाँ ग्यालेक्सी ए सिरिजमा सामसङको नवीनतम प्रविधि समावेश गरिएको छ। इन्हान्स्ड असम इन्टेलिजेन्सले स्मार्ट अन्तरक्रिया, प्रोडक्टिभिटी र कन्टेन्ट सिर्जनालाई सजिलो बनाउँछ। क्यामरा, प्रदर्शन, डिस्प्ले र सुरक्षा क्षेत्रमा सुधारसहित ग्यालेक्सी ए५७ ५जी र ग्यालेक्सी ए३७ ५जी दैनिक प्रयोगका लागि भरपर्दो प्रदर्शन दिन सक्षम भएको दाबी गरिएको छ।

असम इन्टेलिजेन्ससँग स्मार्ट अनुभव

  • भ्वाइस ट्रान्सक्रिप्शन फिचरले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्न मद्दत गर्छ।
  • एआई सेलेक्टले स्क्रिनमा रहेका सामग्रीलाई छिटो चयन गर्ने, निकाल्ने र एपहरूबीच सजिलै सार्ने सुविधा दिन्छ।
  • अबजेक्ट इरेजर, फिल्टर्स र इडिट सजेशन जस्ता क्रिएटिभ टुलहरूले फोटो इडिटिङ सजिलो बनाउँछन्।
  • ग्यालेक्सी ए५७ ५जीमा बेस्ट फेस र अटो ट्रिम जस्ता थप फिचरहरू पनि समावेश छन्।

स्पष्ट फोटो र भिडियोका लागि उन्नत क्यामरा

  • दुवै डिभाइसमा ५० मेगापिक्सेलको मुख्य क्यामरा सहितको ट्रिपल क्यामरा सेटअप छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा स्पष्ट र डिटेल फोटो खिच्न मद्दत गर्छ।
  • इन्हान्स्ड आईएसपी र नाइटोग्राफीका कारण कम प्रकाशमा पनि उज्यालो र न्याचुरल फोटो तथा भिडियो लिन सकिन्छ।
  • एआई आधारित सबजेक्ट रिकोग्निसन ले राम्रो पोट्र्रेट, प्राकृतिक स्किन टोन र राम्रो ब्याकग्राउन्ड सेपरेसन सुनिश्चित गर्छ।

शक्तिशाली प्रदर्शनसहित आकर्षक डिजाइन

  • अपग्रेड गरिएको सीपीयू, जीपीयू र एनपीयूले स्मूथ मल्टिटास्किङ, स्ट्रिमिङ र कन्टेन्ट क्रिएसनलाई सहयोग गर्छ।
  • ५,०००एमएएच ब्याट्रीले २ दिनसम्म प्रयोग गर्न सकिन्छ र ग्यालेक्सी ए५७ ५जीमा सुपर फास्ट चार्जिङ २.० पनि उपलब्ध छ।
  • ठूलो भेपर चेम्बरका कारण ग्यालेक्सी ए५७ ५जी लामो समयसम्म स्थिर प्रदर्शन दिन सक्षम छ।
  • भिजन बुस्टर सहितको डिस्प्लेले भित्र र बाहिर दुवै अवस्थामा स्पष्ट दृश्य दिन्छ।

टिकाउ, सुरक्षित र लामो समयसम्म प्रयोगयोग्य

  • दुवै डिभाइस आईपी६८ रेटिङ्ग सहित पानी र धुलो प्रतिरोधी छन्।
  • सामसङले ६ पुस्तासम्म ओएस अपडेट र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउँदै दीर्घकालीन भरोसा प्रदान गरेको छ।

उपलब्धता

मोडलर्याम/स्टोरेजरङ्गप्राइस/यूनिट२४ महिनासम्मको ईएमआई
ए५७ ५जी१२जीबी/२५६जीबीअसम नेभी, असम ग्रे, असम लिलाक८९,९९९ नेपाली रुपैयाँ२४४२
ए५७ ५जी८जीबी/२५६जीबीअसम नेभी, असम ग्रे, असम लिलाक८४,९९९ नेपाली रुपैयाँ२३०६
ए३७ ५जी१२जीबी/२५६जीबीअसम ग्रेग्रीन, असम ल्याभेन्डर,असम चारकोल७९, ९९९नेपाली रुपैयाँ२१७१
ए३७ ५जी८जीबी/२५६जीबीअसम ग्रेग्रीन, असम ल्याभेन्डर,असम चारकोल७२,९९९ नेपाली रुपैयाँ१९८१
ए३७ ५जी८जीबी/१२८जीबीअसम ग्रेग्रीन, असम ल्याभेन्डर,असम चारकोल६४,९९९ नेपाली रुपैयाँ१७६४

यी दुवै डिभाइसहरू सामसङका आधिकारिक रिटेल स्टोरहरू तथा नेपालभरका अधिकृत साझेदारहरू मार्फत उपलब्ध हुनेछन्।

प्रकाशित: ७ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार