
काठमाडौं ।
आईओएस २७ मा इनह्यान्स (वृद्धि) हुने एप्पल इन्टेलिजेन्स आगामी जुनमा कम्पनीको वार्षिक विश्वव्यापी विकासकर्ता सम्मेलन ‘वर्ल्र्ड वाईड डेभलपर्स कन्फरेन्स – डब्ल्यूडब्ल्यूडीसी’ मा अनावरण गरिनेछ भने सेप्टेम्बरमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स लन्च हुँदा रिलीज गरिने भएको छ।
एप्पल इन्टेलिजेन्समा आउने चार नयाँ सुविधाहरू “ब्याकइण्ड कोड” मा पत्ता लगाइएको र बिहीबार साझा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
एप्पल इन्टेलिजेन्समा आउने चार नयाँ सुविधाहरू मध्यको भिजुअल इन्टेलिजेन्सले थप जानकारी प्राप्त गर्न खाद्य पोषण लेबलहरू स्क्यान गर्ने क्षमता पाउनेछ र यो हेल्थ (स्वास्थ्य) एपसँग एकीकृत हुन सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
त्यसैगरी अर्को नयाँ भिजुअल इन्टेलिजेन्स सुविधाले प्रयोगकर्ताको कन्ट्याक्टस् (सम्पर्कहरू) मा प्रिन्टेड (छापिएको) फोन नम्बरहरू र/वा ठेगानाहरू थप्न प्रस्ताव गर्नेछ। भिजुअल इन्टेलिजेन्सले प्रयोगकर्ताको क्यालेन्डरमा स्टफ (सामानहरू) थप्न पहिले नै यस्तै कार्य गर्दै आएको हुनाले सम्पर्कहरूमा विस्तार स्वाभाविक देखिने उल्लेख गरिएको छ।
अर्को एप्पल वालेटले कार्यक्रम टिकटहरू, जिम सदस्यता कार्डहरू, त्यस्तै अन्य कुराहरूको स्क्यानबाट डिजिटल पासहरू उत्पन्न गर्ने क्षमता पाउनेछ। यो सुविधा पहिले नै एन्ड्रोइडमा गुगल वालेटमा अवस्थित रहेको हुनाले एप्पलले यो सुविधालाई थप्नु पनि धेरै अर्थपूर्ण भएको बताइएको छ।
अन्तमा, सफारीले प्रत्येक समूह भित्र ट्याबहरूको सामग्रीको आधारमा प्रयोगकर्ताको लागि स्वचालित रूपमा ट्याब समूहहरूको नामकरण गर्न एआई प्रयोग गर्नेछ। यो निश्चित रूपमा ठूलो सुविधा नभए पनि यो केहीका लागि अत्यन्त उपयोगी साबित हुन सक्ने उल्लेख गरिएको छ।
प्रकाशित: ६ बैशाख २०८३, आईतवार