
काठमाडौं ।
स्पेनको बार्सिलोनामा मोबाइल वर्ल्ड कङ्रेस (एमडब्ल्यूसी) को २०२६ संस्करणको अन्त्य हुँदै गर्दा कार्यक्रमको आयोजक जीएसएम एसोसिएसन (जीएसएमए) ले आफ्नो परम्परागत जीएलओएमओ (ग्लोमो) अवार्ड जारी गरेको छ।
यो वर्ष एमडब्ल्यूसीमा घोषणा नगरिए पनि सामसङ ग्यालेक्सी एस२६ अल्ट्राले “बेस्ट इन पर्फर्मेन्स” पुरस्कार जितेको छ। त्यसैगरी “बेस्ट स्मार्टफोन” अवार्ड गत वर्षको सेप्टेम्बरमा रिलिज भएको आईफोन १७ प्रो सिरिजको पोल्टोमा गएको छ।
इन्ट्रि–लेभल “बेस्ट डिभाइस” श्रेणीको पुरस्कार इन्फिनिक्स हट ६० प्रो+ ले हात पारेको छ। अनरले “सिलिकन कार्बन ब्याट्री प्रविधिको कार्यान्वयन र व्यावसायीकरण” को लागि “डिस्रप्टिभ डिभाइस इनोभेसन” उपाधि हात पारेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २२ फाल्गुन २०८२, शुक्रबार