एयरड्रप समर्थन अब ओप्पोमा पनि

  • Technology Khabar | २२ फाल्गुन २०८२, शुक्रबार
एयरड्रप समर्थन अब ओप्पोमा पनि
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

गुगलले सुरुमा पिक्सेल १० परिवारको लागि मात्र क्विक सेयरमा लन्च गरेको एयरड्रप समर्थन त्यसपछि भने आफ्नो धेरै डिभाइसहरुमा प्रस्तुत गरेको थियो।

हालै गुगलले अब अन्य कम्पनीहरूले बनाएका एन्ड्रोइड फोनहरूले एप्पलको एयरड्रपसँग निर्बाध रूपमा काम गर्ने नयाँ क्विक सेयरको लागि समर्थन प्राप्त गर्ने घोषणा गरेको र ओप्पो पनि अब यो समूहमा सामेल भएको पुष्टि गरेको छ।

फाइन्ड एक्स९ र फाइन्ड एक्स९ प्रोले यो महिनाको उत्तरार्धमा प्राप्त गर्ने सफ्टवेयर अपडेटले क्विक सेयर र एयरड्रप इन्टरकनेक्सन सक्षम गर्नेछ। यदि ती दुई डिभाइसहरू मध्ये एउटा डिभाइस भएको खण्डमा भने क्विक सेयर मार्फत एन्ड्रोइड डिभाइसहरूसँग सकेसम्म सजिलैसँग एप्पल डिभाइसहरूसँग फाइलहरू सेयर गर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

“तेस्रो–पक्ष एप्लिकेसनहरू इन्स्टल नगरी, क्रस–प्लेटफर्म इन्टरअपरेबिलिटी सुधार गर्दै प्रयोगकर्ताहरूले ओप्पो स्मार्टफोनहरू र आईओएस, आईप्याडओएस र म्याकओएस डिभाइसहरू बीच सहज र सुरक्षित रूपमा फाइलहरू स्थानान्तरण गर्न सक्ने” ओप्पोले व्याख्या गरेका छ। यो सुविधा गुगल र मिडियाटेकसँगको साझेदारीमा विकसित गरिएको ओप्पोले उल्लेख गरेको छ।

ओप्पोले पहिले आईफोनसँग फाइलहरू सेयर गर्न आफ्नै ओ+कनेक्ट एपमा भर पर्दै आएको थियो। ओ+कनेक्टले काम गर्नको लागि आईफोनमा तेस्रो–पक्ष एप इन्स्टल हुनु आवश्यक थियो।

प्रकाशित: २२ फाल्गुन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार