पुस मसान्तसम्म १२ करोड हाराहारीको ४६ हजारभन्दा बढी स्मार्टवाच आयात

  • Technology Khabar | १७ माघ २०८२, शनिबार
पुस मसान्तसम्म १२ करोड हाराहारीको ४६ हजारभन्दा बढी स्मार्टवाच आयात

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को छैटौं महिना पुस मसान्तसम्म १२ करोड हाराहारीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा ११ करोड ८२ लाख १४ हजार बराबरको ४६ हजार १५७ थान स्मार्टवाच आयात भएको छ। पुस मसान्तसम्म स्मार्टवाचका लागि यो रकम देशबाहिर जाँदा सरकारले ३ करोड ५५ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका २० मुलुकबाट उक्त  स्मार्टवाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै ३९ हजार ८६२ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ९ करोड ३१ लाख ५२ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ८९ लाख ४५ हजार बराबरको ५ हजार ६९५ थान र भियतनामबाट १ करोड ५२ लाख ९७ बराबरको ३६१ थान स्मार्टवाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रसं देश विवरण रकम (हजारमा)
अस्ट्रेलिया ४४
बहराइन १०
क्यानडा
चीन ३९८६२ ९३१५२
जर्मनी
भारत ५६९५ ८९४५
इजरायल
कुवेत २९ १९
लेबनन
१० मलेसिया
११ ओमन
१२ फिलिपिन्स ५१
१३ कतार १३
१४ साउदीअरेबिया १६
१५ ताइवान १६५
१६ थाइल्याण्ड ८६
१७ यूएई ११२ १४०
१८ बेलायत १४ १३१
१९ अमेरिका १३ १४७
२० भियतनाम ३६१ १५२९७

प्रकाशित: १७ माघ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Amazon surges to more than $3 tn in market value for 1st time

  • Technology Khabar
  • १७ माघ २०८२, शनिबार