दुई करोड २४ लाखका विद्युतीय चुरोट बरामद

  • Technology Khabar | २९ पुष २०८२, मंगलवार
दुई करोड २४ लाखका विद्युतीय चुरोट बरामद
सांकेतिक तस्विर

काठमाडौं ।

कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५का पेमा लामालाई नियन्त्रणमा लिइएको छ। यसअघि गत वर्ष पनि रु ६ करोड ८१ लाख बराबरका भेप बरामद भएका थिए। रासस

प्रकाशित: २९ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार