मंसिरसम्म नेपाल भित्रिए १ अर्ब हाराहारीका राउटर, अघिल्लो महिनाको तुलनामा ३६ करोड रुपैयाँ बढी बाहिरियो

  • Technology Khabar | १६ पुष २०८२, बुधबार
मंसिरसम्म नेपाल भित्रिए १ अर्ब हाराहारीका राउटर, अघिल्लो महिनाको तुलनामा ३६ करोड रुपैयाँ बढी बाहिरियो
फोटो सौजन्यः टेलीग्राफ

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको पाँचौँ महिना मंसिर मसान्तसम्म १ अर्ब हाराहारीको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को यो अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ९५ करोड ७८ लाख ५० हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ३ लाख ८२ हजार ८२ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।

कार्तिक महिनासम्ममा नेपालमा ५९ करोड ७६ लाख ५५ हजार रुपैयाँ बराबरको २ लाख ५६ हजार ५०७ थान राउटर आयात भएको थियो। कार्तिकबाट मंसिर मसान्तसम्म आउने क्रममा ३६ करोड १ लाख ९५ हजार रुपैयाँ बराबरको १ लाख २५ हजार ५७५ थान बढी आयात भएको पाइएको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा पनि छिमेकी चीन र भारतसहित विश्वका जम्मा १२ मुलुकबाट राउटर आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट ९० करोड ६ लाख ६१ हजार रुपैयाँ बराबरको ३ लाख ६३ हजार ८७४ थान राउटर आयात भएको छ। यसैगरी भारतबाट ५ लाख ६१ हजार बराबरको ३९२ थान, मलेसियाबाट ४ लाख ९८ हजार बराबरको ५१ थान, कतारबाट २ हजार बराबरको ५ थान, अमेरिकाबाट २ लाख ७७ हजार बराबरको २ थान राउटर आयात भएको छ। यसैगरी भियतनामबाट ५ करोड १६ लाख ५० हजार बराबरको १७ हजार ३६० थान राउटर आएको छ।

यस्तो छ विवरण

क्र.सं.‌ देश विवरण रकम हजारमा
चीन ३६३८७४ ९००६६१
जर्मनी ८४१
भारत ५६१ ३९२
लाट्भिया २१६ ३५२३
मलेसिया ५१ ४९८
कतार
साउदी अरेबिया
सिङ्गापुर
यूएई
१० बेलायत
११ अमेरिका २७७
१२ भियतनाम १७३६० ५१६५०

प्रकाशित: १६ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...