नेपाल टेलिकमको फोरजी मोबाइल डाटामा समस्या, कम्पनीका कर्मचारीहरु समस्या पत्ता लगाउँदै

  • Technology Khabar | १६ मंसिर २०८२, मंगलवार
नेपाल टेलिकमको फोरजी मोबाइल डाटामा समस्या, कम्पनीका कर्मचारीहरु समस्या पत्ता लगाउँदै

काठमाडौं ।

नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ। टेलिकमको नेटवर्क बन्द हुने र चल्ने अवस्था रहेको छ भने मोबाइल डाटा ठप्प भएको छ।

कम्पनीको नेटवर्कमा समस्या देखिँदा ग्राहकहरुले गुनासो गरेका छन भने डाटा सेवा नचल्दा प्रयोगकर्ताहरुलाई असर परेको छ।

आज बेलुकादेखि नै डाटा नचल्दा समस्या भएको बताईएको छ।

यस बारेमा दिउँसोदेखिनै नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरको फोन स्वीच अफ रहेको छ भने सहायक प्रवक्तासँग सम्पर्क हुन सकेन्।

टेक्नोलोजीखबरले हेर्दा समेत मोबाइलमा फोरजी डाटाको कुनै संकेत देखाउँदैन भने डाटानै चलेको देखिँदैन्।

यसैबीच एक उच्च अधिकारीले नेपाल टेलिकमको फोरजी मोबाइल डाटामा समस्या आएको जानकारी दिए।

“फोरजी डाटामा समस्या आएको देखिएको छ। टिमले त्यसमा पत्ता लगाएर समाधान गर्दैछ,” उनले भने।

तर अन्य सेवाहरु भने सुचारु रहेको जानकारी उनले दिए।

प्रकाशित: १६ मंसिर २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार