कार्तिक मसान्तसम्म नेपाल भित्रिए साढे ७ अर्बमाथिका ३ हजार २ सय विद्युतीय सवारी साधन

  • Technology Khabar | ८ मंसिर २०८२, सोमबार
कार्तिक मसान्तसम्म नेपाल भित्रिए साढे ७ अर्बमाथिका ३ हजार २ सय विद्युतीय सवारी साधन

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को चौथो महिना असोज मसान्तसम्ममा नेपालमा ७ अर्ब ५४ करोड ८२ लाख ८५ हजार रुपैयाँ बराबरको ३ हजार २ सय ३ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को कार्तिक महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका र बेलायत गरी विश्वका ७ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म ६६० १०९७६९५
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म ३४२ ५९२२९८

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म १२६७ ३३०६१८३
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म २७६ ६५११८०
कार, जीप र भ्यान थाइल्याण्ड ५१ देखि १०० किलोवाटसम्म २८२ ७८४५६६
कार, जीप र भ्यान बेलायत ५१ देखि १०० किलोवाटसम्म ४९८८

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म ३४९ ९८२०१७
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म ३७८४८
पिक पावरयुक्त कार, जीप र भ्यान भारत १०१ देखि २०० किलोवाटसम्म २७९२५
पिक पावरयुक्त कार, जीप र भ्यान द कोरिया १०१ देखि २०० किलोवाटसम्म १५७२५
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका १०१ देखि २०० किलोवाटसम्म १० ४३२७८

 

२०१ देखि ३०० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म ४८४९

प्रकाशित: ८ मंसिर २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘InnoVision’ wins Mid-Valley’s ‘Build Nepal Hackathon 2026’, ‘Sentinaz’ named runner-up

  • Technology Khabar
  • ८ मंसिर २०८२, सोमबार