‘लिक्विड ग्लास’ डिजाइन मन परेन? आईओएस २६.१ मार्फत् यसरी मिलाउनुहोस्

  • Technology Khabar | २५ कार्तिक २०८२, मंगलवार
‘लिक्विड ग्लास’ डिजाइन मन परेन? आईओएस २६.१ मार्फत् यसरी मिलाउनुहोस्
बिङ एआईमार्फत्

काठमाडौं ।

एप्पलको आइफोनका लागि आएको नवीनतम अपडेट आईओएस २६.१ ले ‘लिक्विड ग्लास’ डिजाइन मन नपराउने प्रयोगकर्ताका लागि उपयोगी परिवर्तन ल्याएको छ।

यसअघि, पारदर्शी स्वरूपका कारण पढ्न कठिन भएको भन्दै धेरै प्रयोगकर्ताले गुनासो गरेपछि एप्पलले आईओएस २६ को चौथो बीटामा यसको झ्यालझैं देखिने प्रभाव कम गर्ने विकल्प थपेको थियो। अहिले भने यो ‘लिक्विड ग्लास’ टगल सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ।

लिक्विड ग्लास’ भनेको के हो?

एप्पलले सन् २००५ को डब्लुडब्लुडिसीमा ‘लिक्विड ग्लास’ नामक नयाँ दृश्यात्मक डिजाइन प्रस्तुत गरेको थियो, जसले प्रयोगकर्तालाई झ्यालमार्फत हेरेझैं अनुभव दिन्थ्यो।

इन्ग्याजेटका अनुसार स्विच, स्लाइडर, साइडबार र प्यानलहरू सबै पारदर्शी बनाइएका थिए, जसमा पछाडिका रंग र सामग्री हल्का देखिन्थे। केही प्रयोगकर्ताले यसलाई आकर्षक माने पनि धेरैले अक्षर स्पष्ट नदेखिने, एनिमेसनका कारण ढिलाइ हुने र लामो समय प्रयोग गर्दा आँखामा थकान हुने गुनासो गरेका थिए।

लिक्विड ग्लास’ प्रभाव कसरी घटाउने

‘लिक्विड ग्लास’ टगल प्रयोग गर्नका लागि पहिलो चरणमा तपाईंको आइफोन आईओएस २६.१ मा अपडेट भएको छ कि छैन भन्ने पक्का गर्नुहोस्। त्यसका लागि सेटिङ्स → जेनेरल → सफ्टवेयर अपडेट मा जानुहोस्।

अपडेट पुष्टि भएपछि सेटिङ्स → डिस्प्ले एण्ड ब्राइटनेस मा जानुहोस्। त्यहाँ नयाँ लिक्विड ग्लास सेटिङ देखिनेछ, जहाँ दुईवटा विकल्प उपलब्ध छन् — “क्लियर”“टिन्टेड”

  • क्लियर कल्पमा एप्पलको मूल पारदर्शी डिजाइन रहन्छ, जसमा कन्ट्रोलहरू झ्यालझैं देखिन्छन्।
  • टिन्टेड विकल्पले पारदर्शिता घटाएर कन्ट्रास्ट बढाउँछ, जसले अक्षर र वस्तुहरू अझ स्पष्ट देख्न सजिलो बनाउँछ।

यसरी तपाईं आफ्ना दृश्य प्राथमिकताअनुसार ‘लिक्विड ग्लास’ प्रभाव सजिलै मिलाउन सक्नुहुन्छ।

 

प्रकाशित: २५ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार