असोज मसान्तसम्म सवा ६ अर्ब बराबरको विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात

  • Technology Khabar | ११ कार्तिक २०८२, मंगलवार
असोज मसान्तसम्म सवा ६ अर्ब बराबरको विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिना असोज मसान्तसम्ममा नेपालमा ६ अर्ब २५ करोड रुपैयाँ हाराहारीको २ हजार ६ सय २० थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका र बेलायत गरी विश्वका ७ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म ५४२ ९०, ८५, २६, ०००
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म २०९ ३८, ५१, ९०, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म १, ०९१ २, ८६, २९, ६०, ०००
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म २५२ ५८, ९७, ३५, ०००
कार, जीप र भ्यान थाइल्याण्ड ५१ देखि १०० किलोवाटसम्म २०१ ५६, ४३, ०६, ०००
कार, जीप र भ्यान बेलायत ५१ देखि १०० किलोवाटसम्म ४९, ८८, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म ३०४ ८५, १९, ७६, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म ३, ७५, ४८, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान भारत १०१ देखि २०० किलोवाटसम्म ७४, ७८, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान द कोरिया १०१ देखि २०० किलोवाटसम्म १, ५७, २५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका १०१ देखि २०० किलोवाटसम्म १० ४, ३२, ७८, ०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन  ३०० किलोवाटदेखि माथि ४८, ४९, ०००

प्रकाशित: ११ कार्तिक २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...