
काठमाडौं ।
प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान भएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण भएको छैन। नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग बालुवाटारले आज एक सूचना प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो।
सूचनामा भनिएको छ, ‘प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई यस बैंकबाट मिति २०७६/११/११ मा प्रदान भएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा १३ (४) को व्यवस्थाबमोजिम नवीकरण नगरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।‘
विभागले उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गन समेत यसै सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
प्रकाशित: २४ आश्विन २०८२, शुक्रबार