गुगलले बेल्जियममा ५ अर्ब युरो लगानी गर्ने; लगानी विवरण सार्वजनिक

  • Technology Khabar | २४ आश्विन २०८२, शुक्रबार
गुगलले बेल्जियममा ५ अर्ब युरो लगानी गर्ने; लगानी विवरण सार्वजनिक

काठमाडौं ।

गुगलले २०२६ देखि २०२७ सम्ममा सेन्ट–घिस्लेन, हेनाउटमा रहेको आफ्नो डाटा सेन्टर विस्तार गर्न ५ अर्ब युरो लगानी गर्ने योजना सार्वजनिक गरेको छ।

यो कदमले साझेदार र आपूर्तिकर्ताहरू बीच प्रत्येक वर्ष ३०० पूर्ण–समय रोजगारी र लगभग १५,००० अप्रत्यक्ष पदहरू सिर्जना गर्ने बताइएको छ।

यो विस्तार आर्टिफिसियल इन्टेलिजेन्सको द्रुत वृद्धिले गर्दा क्लाउड सेवाहरूको बढ्दो मागका कारण भएको बताइएको छ।

यसले सर्च र म्याप्सजस्ता गुगलका मुख्य उत्पादनहरूको पर्फर्मेन्स पनि बढाउने जनाइएको छ। गुगलले नयाँ साइटको लागि आईटी विशेषज्ञ, इन्जिनियर र सुरक्षा कर्मचारीहरू खोजिरहेको रिपोर्ट गरिएको छ।

“बेल्जियमको प्रतिस्पर्धी स्थितिको लागि, कम्पनीहरूले एआईलाई अँगाल्नु आवश्यक छ, बेलक्समा गुगलका देश प्रबन्धक टम डे ब्लकले भने। “पूर्वाधार आवश्यक छ, तर सीपहरू पनि” उनले थप उल्लेख गरे।

त्यसैगरी कम्पनीले स्थानीय विशेषज्ञतालाई बलियो बनाउन एआई तालिम पनि प्रदान गर्ने बताइएको छ।

दुई वर्षभित्र पूरा हुने अपेक्षा गरिएको विस्तारित केन्द्रले ओडू र यूजेड ल्युभेन जस्ता डाटा–सञ्चालित संस्थाहरूलाई फाइदा पुर्याउनेछ भने बेल्जियममा नयाँ व्यवसायहरूलाई आकर्षित गर्न मद्दत गर्न सक्ने उल्लेख गरिएको छ।

साथै यसले सार्वजनिक संस्थाहरूलाई राष्ट्रिय सिमाना भित्र डाटा भण्डारण गर्न पनि सक्षम बनाउने उल्लेख गरिएको छ।

सेन्ट–घिस्लेनमा आफ्नो पहिलो बेल्जियम डाटा सेन्टर खोलेदेखि, गुगलले देशमा ११ अर्ब यूरो भन्दा बढी लगानी गरिसकेको छ र अहिले हेनौटमा लगभग ६०० जनालाई रोजगारी दिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २४ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार