चिनियाँ विद्युतीय सवारी साधन निर्माता बीवाईडीको बेलायतको बिक्रीमा ८८० प्रतिशतले वृद्धि

  • Technology Khabar | २४ आश्विन २०८२, शुक्रबार
चिनियाँ विद्युतीय सवारी साधन निर्माता बीवाईडीको बेलायतको बिक्रीमा ८८० प्रतिशतले वृद्धि

काठमाडौं ।

चिनियाँ कार निर्माता बीवाईडीले गत सेप्टेम्बरमा बिक्री एक वर्ष अघिको तुलनामा ८८० प्रतिशतले बढेपछि बेलायत चीन बाहिर आफ्नो सबैभन्दा ठूलो बजार बनेको घोषणा गरेको छ।

कम्पनीले सेप्टेम्बर महिनाभरिमा मात्र ११,२७१ सवारी साधन बिक्री गरेको बताइएको छ जसमध्ये धेरैजसो सिल यू प्लग–इन हाइब्रिड मोडेलहरू भएको रिपोर्ट गरिएको छ।

साथै बेलायतमा विद्युतीय सवारी साधनको बिक्री ऐतिहासिक रेकर्डमा पुगेको तथ्याङ्कले देखाएको छ।

बेलायत चिनियाँ निर्माताहरूका लागि आकर्षक बनेको बताइएको छ भने ईयू र अमेरिकाको विपरीत, बेलायतले चिनियाँ विद्युतीय सवारी साधनहरूमा शुल्क नलगाएको उल्लेख गरिएको छ।

बीवाईडीका बेलायती निर्देशक बोनो गे ले देशमा ब्राण्डको भविष्य “अत्यन्तै आशाजनक” देखिएको छ भनि बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २४ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

No increase in internet tariff, action to be taken if charged high-Telecommunications Authority

  • Technology Khabar
  • २४ आश्विन २०८२, शुक्रबार