सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको समर्थन गरेको क्यान महासंघ मोडियो, आज भन्यो- डिजिटल अधिकार र स्वतन्त्रताको पक्षमा

  • Technology Khabar | २४ भाद्र २०८२, मंगलवार
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको समर्थन गरेको क्यान महासंघ मोडियो, आज भन्यो- डिजिटल अधिकार र स्वतन्त्रताको पक्षमा

काठमाडौं ।

सूचना प्रविधि क्षेत्रको छाता संस्था क्यान महासंघले जेनजीको प्रदर्शनका कारण अचानक आफ्नो भनाई परिवर्तन गरेर जेनजीको मागहरुलाई समर्थन गरेको छ।

केहि दिनअघि मात्र क्यान महासंघका अध्यक्षले सामाजिक सञ्जाल प्लेटफर्महरु बन्द गर्ने सरकारी निर्देशनको समर्थन गरेकोमा आज डिजिटल अधिकार र स्वतन्त्रताको पक्षमा उभिएको जिकिर गरेको छ।

यसअघि, सूचना प्रविधि (आईटी) को क्षेत्रको अग्रणी संस्था कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)ले सामाजिक सञ्जाललाई सूचीकरणमार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाएको थियो। महासङ्घकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सामाजिक सञ्जाल दर्ता प्रक्रियामा ल्याउने सरकारको निर्णय सकारात्मक भएको बताएकी राससले उल्लेख गरेको थियो।

हेर्नुस् सम्बन्धित समाचार-

आईटी क्षेत्रकै संस्था क्यान महासङ्घले भन्यो- सामाजिक सञ्जाल निष्क्रिय गराउने कार्यमा सरकारलाई समर्थन छ

आज, महासंघका महासचिव चन्द्र विलास भुर्तेलद्वारा जारी विज्ञप्तीमा क्यान महासंघ हरेक युवाको सिर्जनशीलता, डिजिटल अधिकार र स्वतन्त्रताको पक्षमा सदैब दृढतापूर्वक उभिने उल्लेख गरिएको छ।

क्यान महासंघले भनेको छ, “डिजिटल स्वतन्त्रता, भ्रस्टाचारको अन्त्य र सुशासनको माग गर्दै मिति २०८२ भाद्र २३ गते जेन्जी (Gen Z) युवा बिद्यार्थीहरुको आव्हानमा भएको बिरोध प्रदर्शनका क्रममा हृदयविदारक अमुल्य जीवन गुमाउनु भएका होनहार युवाहरु प्रति भाबपूर्ण श्रदान्जलि अर्पर्ण गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समबेदना प्रकट गर्दछौं। साथै यस घटनामा घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको शुभकामना गर्दछौँ।”

यसका साथै, लोकतान्त्रिक व्यवस्थामा आफ्ना जायज अधिकारका माग राख्दा राज्यबाट भएको अमानवीय दमन र होनहार युवाहरुले अकल्पनीय सहादत प्राप्त गर्नु परेको घटना प्रति क्यान महासंघ अत्यन्त दुखित भएको उल्लेख छ।

साथै, वर्तमान असहज अवस्थालाई यथासम्भव छिटो सामान्य अवस्थामाल्याई व्यावसायिक वातावरण तथा सर्वसाधारणको दैनिकी जीवन सहज बनाउन सम्बन्धित सबै पक्षहरूलाई आवश्यक कदम चाल्न महासंघले अपिल गरेको छ।

प्रकाशित: २४ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार