
काठमाडौं ।
नेपाल टेलिकमले हालको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै सर्वसाधारणलाई संस्थाको भौतिक सम्पत्ति सुरक्षित राख्न हार्दिक अपिल गरेको छ।
आज एक सार्वजनिक सूचना जारी गर्दै टेलिकमले निरन्तर रूपमा देशभर दूरसञ्चार सेवाको विकास र विस्तारमा समर्पित रहेको र यो संस्था नेपाली जनताको सामूहिक सम्पत्ति भएको उल्लेख गरेको छ।
टेलिकमले भनेको छ, “राष्ट्रिय विपत्ति तथा अत्यावश्यक समयमा समेत निरन्तर रूपमा जनतामाझ दूरसञ्चार सेवा प्रदान गर्दै आएको हाम्रो कम्पनीको सम्पत्ति सुरक्षित राख्न सबै नागरिकलाई अनुरोध गर्दछौं।”
टेलिकमले भौतिक सम्पत्तिलाई क्षति पुर्याउने कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै नागरिक, सरोकारवाला निकाय र सम्पूर्ण जनतालाई सहयोगको अपिल गरेको हो।
प्रकाशित: २४ भाद्र २०८२, मंगलवार