एप्पल आईफोन फोल्डलाई लिएर उत्साहित, ढुवानी पूर्वानुमान बढाउँदै

  • Technology Khabar | २० भाद्र २०८२, शुक्रबार
एप्पल आईफोन फोल्डलाई लिएर उत्साहित, ढुवानी पूर्वानुमान बढाउँदै

काठमाडौं ।

एप्पलले अर्को वर्षको अन्त्यतिर आफ्नो पहिलो फोल्डिङ आईफोन लन्च गर्ने हल्ला चलिरहेको छ। यसै क्रममा एक नयाँ विश्लेषक रिपोर्टले कम्पनी आफ्नो पहिलो फोल्डिङ आईफोनको सफलताको बारेमा धेरै आशावादी रहेको दावी गरेको छ।

एप्पलले आफ्नो आईफोन फोल्डको ढुवानी पूर्वानुमान सन् २०२६ मा ८–१० मिलियन र सन् २०२७ मा २०–२५ मिलियन युनिटमा बढाएको बताइएको छ। हालको यो ढुवानी पूर्वानुमान क्रमशः ६–८ मिलियन र १०–१५ मिलियनको अघिल्लो अनुमानको तुलनामा धेरै उल्लेखनीय वृद्धि हो।

सन् २०२८ मा, एप्पलले बजारमा फोल्डेबल आईप्याड पनि ल्याउने हल्ला चलिरहेको छ। यस डिभाइसको लागि, सन् २०२८ मा ०.५–१ मिलियन युनिटमा ढुवानी हुने अनुमान गरिएको छ। स्पष्ट रूपमा, कम्पनीले फोल्डेबल आईप्याडलाई एक विशिष्ट डिभाइसको रूपमा हेरेको छ भने आईफोन फोल्डको धेरै ठूलो बजार अपील हुने अपेक्षा गरिएको छ।

त्यसैगरी एप्पलको भिजन एयर हेडसेट सन् २०२७ मा आउने भएको छ। भिजन प्रोमा रहेको तौल र मूल्य बारेको मानिसहरूको मुख्य समस्याहरूलाई भिजन एयर हेडसेटले सम्बोधन गर्ने बताइएको छ।

नयाँ हेडसेटको तौल ४० प्रतिशत हलुका हुनेछ र प्रोको मूल्यभन्दा आधाभन्दा कम हुने जनाइएको छ। भिजन एयरको ढुवानी अब सन् २०२७ मा १० लाख युनिट पुग्ने अनुमान गरिएको छ।

नयाँ हेडसेटको यो ढुवानी अनुमान भिजन प्रोको तुलनामा धेरै अनुकूल भएको र भिजन प्रोले सुरुवातदेखि लगभग ४००,००० युनिट मात्र व्यवस्थापन गर्न सकेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २० भाद्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell and Nepal Mediciti Hospital partner to offer exclusive healthcare benefits to customers

  • Technology Khabar
  • २० भाद्र २०८२, शुक्रबार