
काठमाडौं ।
सफ्टवेयर कम्पनीको स्रोत संकेत (सोर्स कोड) मा अनधिकृत पहुँच पुयाई, चोरी गरी निवेदकको बौद्धिक सम्पत्तिमा आघात पुर्याउने दुई युवकलाई विद्युतिय ( ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरीले पक्राऊ गरेको छ।
उनीहरुलाई गत साउन २२ गते नेपाल प्रहरीको साइबर ब्यूरोको टोलिले काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राऊ गरेको हो।
पक्राऊ पर्नेमा चन्द्रनगर गाँउपालिका वडा नं. ५ स्थायी ठेगाना भई हाल काठमाडौ महानगरपालिका वडा नं. १६ बालाजु बस्ने वर्ष २६ को सुजन कुमार महतो र धादिङ जिल्ला ज्वालामुखी गाँउपालिका वडा नं. ४ घर भई हाल ललितपुर महानगरपालिका वडा नं. ४ धोबीघाट बस्ने वर्ष २४ को सुमन श्रेष्ठ रहेको नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिपकराज अवस्थीले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतको आदेशले पाँच/पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ।
प्रकाशित: २३ श्रावण २०८२, शुक्रबार