अनलाइन दर्ता तथा नवीकरण सिडियो कार्यालयमा गर्नुपर्ने व्यवस्था हटाउन प्रेस सेन्टरको माग

  • Technology Khabar | २३ श्रावण २०८२, शुक्रबार
अनलाइन दर्ता तथा नवीकरण सिडियो कार्यालयमा गर्नुपर्ने व्यवस्था हटाउन प्रेस सेन्टरको माग
बिङ एआई मार्फत बनाइएको

काठमाडौं ।

प्रेस सेन्टर नेपालले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने व्यवस्था संशोधन गर्न माग गरेको छ। सेन्टरले बिहीबार विज्ञप्ति जारी गर्दै सोसम्बन्धी व्यवस्थाले प्रेस स्वतन्त्रता झन् कमजोर हुने जनाएको हो।

बदलिँदो राजनीतिक व्यवस्थाअनुसार आमसञ्चारसम्बन्धी छाता ऐन बनाउनुपर्नेमा ३४ वर्ष पुरानो ऐन संशोधनमा लाग्नु गलत हो। “सरकारले मिडिया नियन्त्रण गर्न खोजेको, सङ्घीयतालाई अस्वीकार गरेको, प्रदेशको अधिकार खोसेको छ, आमसञ्चारमाध्यमको दर्ता, नवीकरण र नियमनलगातका कामलाई व्यवस्थित गर्न छिटो सञ्चारसम्बन्धी छाता ऐन निर्माण गर्न सेन्टरको आग्रह छ”, सेन्टरका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।-रासस

प्रकाशित: २३ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार