
काठमाडौं ।
कम्पनीहरूसँगको सम्बन्ध र उनका पूर्व कम्पनी क्याडेन्स डिजाइनसँग जोडिएको आपराधिक मुद्दाबारे चासो व्यक्त गर्दै बुधबार कम्पनीको बोर्ड अध्यक्षलाई पत्र पठाएका छन्।
“इन्टेलको सुरक्षा, अखण्डता र त्यसले अमेरिकी राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावप्रति चिन्ता व्यक्त गर्न” लेखिएको सो पत्रमा कटनले इन्टेलका बोर्ड अध्यक्ष फ्र्यांक यियारीलाई टान सीईओ नियुक्त हुनु अघि क्याडेन्समा काम गर्ने क्रममा पठाइएका मुद्दासम्बन्धी बोलावटहरूको बारेमा बोर्ड जानकार थियो वा थिएन भनेर सोधेका छन्। साथै सो मुद्दामा के कदमहरू चालिए भन्ने प्रश्न पनि उनले उठाएका छन्।
रोयटर्सका अनुसार कटनले सो पत्रमा टानले चिनियाँ सैन्य वा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित चिप कम्पनीहरूमा रहेको आफ्नो लगानीबाट हात झिकेका छन् वा छैनन् भन्ने पनि सोधेका छन्।
साथै, बाइडेन प्रशासनअन्तर्गत सुरक्षाका लागि माइक्रोइलेक्ट्रोनिक्सको आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन भएको सेक्योर एन्क्लेभ कार्यक्रममा इन्टेल संलग्न भएकाले टानले चिनियाँ कम्पनीहरूसँगका अन्य सम्बन्धहरू खुलाएका थिए कि थिएनन् भन्ने विषयमा पनि प्रश्न उठाइएको छ।
अमेरिकी रिपब्लिकन सिनेटर टम कटनले इन्टेल कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत लिप-बु टानको चिनियाँ सो कार्यक्रममा संलग्न रहेर संघीय अनुदान लिएको इन्टेलले “अमेरिकी करदाताको पैसाको जिम्मेवार उपभोगकर्ता हुनुका साथै आवश्यक सुरक्षा नियमहरूको पालना गर्नुपर्ने” उल्लेख गर्दै लेखेका छन्, “टानसँग रहेका सम्बन्धहरूले इन्टेलले यी दायित्वहरू पूरा गर्न सक्छ कि सक्दैन भन्नेमा प्रश्न उठाउँछन्।”
इन्टेलका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इन्टेल र टान अमेरिकी राष्ट्रिय सुरक्षाप्रति र रक्षा प्रणालीमा इन्टेलको भूमिकाको ईमानदारीप्रति गहिरो प्रतिबद्ध छन्।” कम्पनीले पत्रमा उठाइएका विषयहरूमा सिनेटरसँग प्रत्यक्ष कुरा गर्ने जनाएको छ।
गत अप्रिलमा रोयटर्सले गरेको खुलासाअनुसार टानले आफैं वा आफूले सञ्चालन गर्ने भेन्चर फण्डमार्फत सयौं चिनियाँ कम्पनीहरूमा लगानी गरेका छन्, जसमा केही कम्पनीहरू चिनियाँ सेनासँग समेत सम्बन्धित छन्। टानले सन् २०१२ मार्चदेखि २०२४ डिसेम्बरसम्म चीनका उच्च प्रविधि निर्माण र चिप कम्पनीहरूमा कम्तीमा २० करोड डलर लगानी गरेका थिए।
त्यसबेला रोयटर्सलाई जानकारी दिएको एक स्रोतले टानले चीनस्थित कम्पनीहरूबाट आफ्नो लगानी फिर्ता लिएको दाबी गरे पनि विस्तृत विवरण दिएका थिएनन्। रोयटर्सले अध्ययन गरेका चिनियाँ डाटाबेसहरूमा सो समयमा धेरै लगानीहरू अझै सक्रिय देखिएका थिए, र लगानी फिर्ताको दायरा पुष्टि गर्न सकिएको थिएन।
प्रकाशित: २१ श्रावण २०८२, बुधबार