अटो टेक

सवारी दर्ता, लाइसेन्सलगायतको दस्तुरवापत यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व सङ्कलन

सवारी दर्ता, लाइसेन्सलगायतको दस्तुरवापत यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व सङ्कलन
Global IME Bank

यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा रु एक अर्ब ६ करोड १७ लाख राजस्व सङ्कलन गरेको छ।

कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा रु १२ करोड ९५ लाख ३३ हजार बढी राजस्व सङ्कलन गरेको हो। यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार आव २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो।

आव २०८१/८२ मा १३ हजार ९७० सवारीसाधन दर्ता हुँदा १९ हजार ७७८ जनाले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका उहाँले बताउनुभयो।

यसैगरी, कार्यालयले एक वर्षमा २२ हजार ६९१ सवारीसाधन नवीकरण गरेको छ। आव २०८१/८२ मा सबैभन्दा धेरै चार हजार ९६२ मोटरसाइकल दर्ता हुँदा तीन हजार ४१० स्कुटर दर्ता भएका सूचना अधिकारी ओलीले जानकारी दिए।

सो अवधिमा दुई हजार ६८८ ई–रिक्सा, ७६७ ई–स्कुटर, २४९ ट्याक्टर, २४६ जिप, २५८ कार, १६५ बस, १४६ भ्यान, ३९ टिपर, ७७ ट्रक र २३ मिनी बस दर्ता भएका थिए।-रासस 

Sajilo Visa
easy care