अटो टेक

याडिया ई८एस प्रो मा ऐतिहासिक छुट

याडिया ई८एस प्रो मा ऐतिहासिक छुट
Global IME Bank
लगातार ८ वर्षसम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड बन्न सफल भएको उपलब्धिलाई स्मरणीय बनाउन, याडिया नेपालले नेपाली ग्राहकहरूका लागि एक विशेष उपहारमूलक अफर ल्याएको छ।
कम्पनीका अनुसार सुविधा, स्टाइल र शक्ति सबैमा अग्रणी स्कुटर याडिया ई८एस अहिले सीमित स्टकका लागि मात्र १ लाख ८५ हजारमा उपलब्ध छ जुन पहिले रू. २ लाख ३० हजारमा बिक्री भइरहेको थियो।
यस अवसरमा याडिया ले थप खुशी बाँड्दै, प्रत्येक खरिदमा ग्राहकहरूलाई याडिया ब्राण्डको हेल्मेट, रेनकोट र पेन उपहारस्वरूप प्रदान गर्दैछ।
“हामीले पाएको विश्वव्यापी सफलताको श्रेय हाम्रा विश्वासिलो ग्राहकहरूलाई जान्छ। यो अफर उनीहरूप्रतिको हाम्रो कृतज्ञता हो,” याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिका प्रतिनिधिले बताए।
 याडिया ई८एस प्रो – स्मार्ट, शक्तिशाली र आकर्षक
ई८एस प्रो आजको स्मार्ट सवारी प्रयोगकर्ताहरूको लागि तयार पारिएको स्कुटर हो, जसमा शक्ति, प्रविधि र आरामको उत्कृष्ट संयोजन पाइने कम्पनीको दावी छ।
•शीर्ष गति: ६० किमी/घण्टा
•दायरा: एक चार्जमा अधिकतम १५० किमी
•ब्याट्री: ७२भोल्ट ३८ एम्पियर आवर ग्राफिन ब्याट्री
•मोटर पावर: ३००० वाटसम्म
•पांग्रा: १२ इञ्चका आकर्षक अलोय रिम
•सस्पेन्सन: हाइड्रोलिक
•भण्डारण: ३२ लिटरको अन्डर-सीट बुट स्पेस
•ड्यासबोर्ड: चम्किलो डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटरहरू
कम्पनीका अनुसार शून्य ध्वनि, शून्य धुवाँ र न्यूनतम खर्चमा अधिकतम सुविधाको विशेषतायुक्त याडिया ई८एस प्रोले दैनिक यात्रालाई स्टाइलिश र स्मार्ट बनाउँछ। यो ऐतिहासिक छुट सीमित अवधिका लागि मात्र उपलब्ध छ।
Sajilo Visa
easy care