
काठमाडौं ।
लगानीकर्ताहरूको समूहलाई टिकटक बेच्ने योजना बनिरहँदा बाइटडान्सले अमेरिका भित्रका प्रयोगकर्ताका लागि नयाँ संस्करणको एप बनाउँदैछ। द इन्फर्मेशनले आइतबार अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो रोयटर्सले उल्लेख गरेको हो।
यो समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चीनसँग सम्भावित टिकटक सम्झौता बारे सोमबार वा मंगलबारदेखि वार्ता सुरु गर्ने बताएपछि आएङ्को हो। उनले अमेरिकाले टिकटक छोटो भिडियो एपको बिक्रीसम्बन्धी सम्झौता “लगभग पूरा” भएको बताएका थिए।
रिपोर्टअनुसार टिकटकले आगामी सेप्टेम्बर ५ मा अमेरिकाको एप स्टोरहरूमा नयाँ एप सार्वजनिक गर्ने योजना बनाएको छ। गत महिना ट्रम्पले चीनमा आधारित कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी सम्पत्ति बिक्री गर्न सेप्टेम्बर १७ सम्मको समय थप गरेका थिए।
प्रयोगकर्ताहरूले सेवा प्रयोग गर्न नयाँ एप डाउनलोड गर्नुपर्ने र यद्यपि अहिलेको एप सन् २०२६ को मार्चसम्म चल्ने रिपोर्टमा भनिएको छ। तर यो समयसीमा परिवर्तन हुन सक्ने सम्भावना छ देखाइएको छ।
टिकटकले राय माग्दा तुरुन्तै प्रतिक्रिया नदिएको र आफूले पनि रिपोर्टको स्वतन्त्र पुष्टि गर्न नसकेको रोयटर्सले उल्लेख गरेको छ।
यसअघि यो वर्षको सुरुवाततिर टिकटकको अमेरिकी सञ्चालनलाई नयाँ अमेरिकी कम्पनीमा अलग गर्ने सम्झौताको तयारी भइरहेको थियो, जसमा बहुमत स्वामित्व र सञ्चालन अमेरिकी लगानीकर्ताहरूको हुने बताइएको थियो । तर ट्रम्पले चिनियाँ सामानमाथि कडा महसुल घोषणा गरेपछि चीनले त्यसलाई अस्वीकार गर्ने संकेत दिएसँगै उक्त योजना रोकिएको थियो ।
ट्रम्पले अमेरिकाले सम्भवतः सम्झौता चीनबाट स्वीकृत गराउनुपर्ने हुनसक्ने बताएका छन्र।
प्रकाशित: २३ असार २०८२, सोमबार