
काठमाडौं ।
युरोपेली संघमा डिजिटल मार्केटस् एक्ट (डीएमए) बाट उत्पन्न कडा नियमहरूका कारण एप्पल प्रयोगकर्ताहरूले केही नयाँ सुविधाहरू गुमाउन सक्ने भएका छन्।
कम्पनीको कानुनी विभागका प्रमुख काजल एन्डिरले केही आगामी आईओएस २६ सुविधाहरू ढिलाइ हुनेछन् वा युरोपेली बजारमा नआउन सक्छन् भनी पुष्टि गरेको उल्लेख गरिएको छ।
यसबाहेक, आधिकारिक पुष्टि बिना, ईयू भित्रका प्रयोगकर्ताहरूले द्रुत रूपमा कन्टेन्ट साझेदारी गर्ने टुल एयरड्रप गुमाउन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ। सन् २०१३ मा आईओएस ७ देखि युरोपेली आईफोन प्रयोगकर्ताहरूका लागि यो टुल उपलब्ध हुँदै आएको छ भनी द वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेको छ।
डीएमएद्वारा लगाइएका दायित्वहरूले उनीहरूलाई तेस्रो पक्षहरूसँग प्रविधिहरू साझेदारी गर्न बाध्य पार्ने एप्पलले बताएको छ जुन कम्पनीले आफ्नो व्यवसाय र प्रयोगकर्ता सुरक्षाको लागि हानिकारक हुने विश्वास व्यक्त गरेका छन्।
त्यसैगरी कम्पनीले केही गोपनीयता आवश्यकताहरू अवास्तविक हुनुका साथै केही कम्पनीहरू, विशेष गरी युरोपेलीहरूलाई समर्थन गर्दछन् भन्ने चेतावनी पनि दिएको उल्लेख गरिएको छ।
अर्कोतर्फ, चीनमा, सन् २०१८ देखि एप्पलले सबै प्रयोगकर्ता डाटालाई राज्य–स्वामित्व भएका कम्पनीहरूद्वारा व्यवस्थित डाटा केन्द्रहरूमा स्थानान्तरण गरेको छ जसले गर्दा चिनियाँ अधिकारीहरूलाई यो जानकारी पहुँच गर्न सजिलो भएको छ।
एप्पलले भीपीएन सेवाहरू र मिडिया प्लेटफर्महरू सहित चिनियाँ एप स्टोरबाट हजारौं एपहरू पनि हटाउनु का साथै अन्य देशहरूमा उपलब्ध कन्टेन्ट सेन्सर गरेको स्वीकार गरेको छ।
एप्पलले गोपनीयता सुरक्षा र बजार प्रतिस्पर्धाको लागि युरोपेली नियामकहरूको खुलेआम आलोचना गर्ने तवरमा भिन्नता देखिएको छ भने कम्पनीले चीनमा आपत्ति बिना सबै आवश्यकताहरूको पालना गर्ने गरेको उल्लेख गरिएको छ।
यसै कारणले गर्दा, प्रायः गोपनीयता र प्रयोगकर्ताको छनौटको स्वतन्त्रताको सिद्धान्तहरूलाई प्रवद्र्धन गर्न एकरूपता नभएकोमा एप्पलले आलोचना खेपि रहन परेको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २३ असार २०८२, सोमबार