यूट्युबले स्ट्रिमरहरूको लागि उमेर हद बढाएर १६ वर्ष पुर्याउने

  • Technology Khabar | १६ असार २०८२, सोमबार
यूट्युबले स्ट्रिमरहरूको लागि उमेर हद बढाएर १६ वर्ष पुर्याउने

काठमाडौं ।

यूट्युबले स्ट्रिमरहरूको लागि न्यूनतम उमेर सीमा बढाएर १६ वर्ष पुर्याउने कम्पनीले घोषणा गरेको छ।

जुलाई २२ तारिखदेखि, एडल्ट सुपरभिजन (वयस्क सुपरिवेक्षण) बिना प्लेटफर्ममा स्ट्रिम गर्न सिर्जनाकर्ताहरूको उमेर १६ वर्ष वा सोभन्दा माथिको हुनुपर्ने घोषणा गरिएको छ।

यूट्युबले १३ वर्ष मुनिका बालबालिकाहरूलाई लाइभ सामग्री पोस्ट गर्न चाहेमा एक वयस्कको साथमा हुनुपर्ने आवश्यकता कायम गरेको भए पनि तर अब आगामी दिनहरुमा यो नियम १३ देखि १५ वर्ष बीचका सबैमा लागू हुनेछ भनी विदेशी मिडियाले उल्लेख गरेको छ।

यूट्युबले जुलाई २२ तारिख पछि वयस्कको उपस्थिति बिना प्रसारण जारी राख्ने १६ वर्ष मुनिका जो कोहीको पनि लाइभ च्याट असक्षम पारिने र अन्य सुविधाहरूमा पहुँच अस्थायी रूपमा रोकिने चेतावनी दिएको छ। त्यसैगरि, नियमहरू उल्लङ्घन गर्ने प्रसारणहरू हटाइने जनाइएको छ।

लाइभ स्ट्रिमिङ जारी राख्न चाहने १६ वर्ष मुनिका सिर्जनाकर्ताहरूले सम्पादक, प्रबन्धक वा मालिकको रूपमा आफ्नो च्यानलमा वयस्कलाई पहुँच दिन सक्नेछन् र जसले उनीहरूलाई आफ्नो च्यानलसँग सम्बन्धित खाताबाट प्रसारण गर्न अनुमति दिनेछ। पहिले, यो लाइभ कन्ट्रोल मार्फत गर्नुपर्ने उल्लेख गरिएको छ।

१६ वर्ष मुनिका सिर्जनाकर्ताहरूसँग सह–सिर्जना गर्ने वयस्कहरूले “उपस्थित” हुनुपर्नेछ र प्रसारणमा स्पष्ट र समान रूपमा भाग लिनुपर्नेटेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १६ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार