मेटाले ओपनएआईका थप चार दक्ष कर्मचारी तान्यो: वाल स्ट्रीट जर्नल

  • Technology Khabar | १६ असार २०८२, सोमबार
मेटाले ओपनएआईका थप चार दक्ष कर्मचारी तान्यो: वाल स्ट्रीट जर्नल
फोटो सौजन्यः इनग्याजेट

काठमाडौं ।

मेटा प्लेटफर्म्सले ओपनएआईका थप चार कृत्रिम बुद्धिमत्ता अनुसन्धानकर्ता नियुक्त गर्ने भएको छ। यसबारे द इन्फर्मेशनले रिपोर्ट गरेको हो।

रिपोर्टमा घटनासँग नजिक रहेको एक व्यक्तिलाई उद्धृत गर्दै शेङजसया झाओ, जियाहुई यु,  शुचाओ बी र होङ्यु रेनले मेटामा आबद्ध हुने सहमति जनाइसकेका उल्लेख गरिएको छ।

वाल स्ट्रीट जर्नलका अनुसार यसै साताको सुरुमा इन्स्टाग्रामको अभिभावक कम्पनी मेटाले लुकास बेयर, अलेक्जेण्डर कोलेस्निकोभ र श्याओहुआ झाईलाई नियुक्त गरिसकेको थियो जो सबै ओपनएआईको जुरिच अफिसमा कार्यरत थिए।

मेटा र च्याटजीपीटी बनाउने ओपनएआई दुवैले रोयटर्सको टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया नदिएको बताइएको छ।

मेटाले हालै आफ्नो प्रमुख कार्यकारी मार्क जुकरबर्गको सुपरइन्टेलिजेन्स अभियानका लागि ओपनएआई बाट थप अनुसन्धानकर्ता भर्ना गर्ने प्रयास गरिरहेको छ।

प्रकाशित: १६ असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार