माइक्रोसफ्टले युरोपेली क्लाउड ग्राहकहरूको लागि डाटा सुरक्षा योजनाहरू प्रस्तुत गर्यो

  • Technology Khabar | ४ असार २०८२, बुधबार
माइक्रोसफ्टले युरोपेली क्लाउड ग्राहकहरूको लागि डाटा सुरक्षा योजनाहरू प्रस्तुत गर्यो

काठमाडौं ।

माइक्रोसफ्टले सोमबार आफ्ना युरोपेली क्लाउड ग्राहकहरूले स्टोर गरेको डाटा युरोपेली कानून अन्तर्गत युरोपमा रहने र यसको सञ्चालनहरू यसका स्थानीय कर्मचारीहरूद्वारा नियन्त्रित हुनुका साथै ग्राहकहरूको पूर्ण नियन्त्रणमा हुने बताएको छ।

युरोपेली कम्पनीहरू र सरकारहरू आफ्नो डाटा महाद्वीप बाहिर अमेरिका जस्ता अन्य देशहरूको हातमा सारिने बारेमा बढ्दो रूपमा चिन्तित छन् जसले गर्दा माइक्रोसफ्ट जस्ता अमेरिकी कम्पनीहरूले सुरक्षा उपायहरू घोषणा गर्न बाध्य भएको उल्लेख गरिएको छ।

माइक्रोसफ्टले गत अप्रिलमा युरोपमा आफ्नो क्लाउड र एआई पूर्वाधार विस्तार गर्दै प्रयोगकर्ता डाटा सुरक्षित गर्ने योजनाहरू प्रस्तुत गरेको थियो जसमा ठूला प्रविधि कम्पनीहरूको शक्तिमा लगाम लगाउन खोज्ने युरोपेली कानूनहरूको सम्मान गर्ने कुरा पनि समावेश रहेको जनाइएको छ।

सोमबार, कम्पनीले युरोपेली डाटा स्टोर र प्रोसेस गर्ने प्रणालीहरूमा माइक्रोसफ्ट इन्जिनियरहरूद्वारा सबै रिमोट पहुँच रियल–टाइम (वास्तविक समय) मा युरोपेली निवासी कर्मचारीहरूद्वारा अनुमोदित र निगरानी गरिने भनि बताएको छ।

माइक्रोसफ्टले यसको आफ्नो सार्वभौम निजी क्लाउड हाल पूर्वावलोकन मोडमा रहेको र सामान्यतया यस वर्षको अन्त्यमा उपलब्ध हुने थप उल्लेख गरेको रोयटर्सले रिपोर्ट गरेको छ।

प्रकाशित: ४ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • ४ असार २०८२, बुधबार