गुगलद्वारा नयाँ एआई सर्च सुविधा प्रस्तुत

  • Technology Khabar | २६ जेष्ठ २०८२, सोमबार
गुगलद्वारा नयाँ एआई सर्च सुविधा प्रस्तुत

काठमाडौं ।

आई/ओ २०२५ सम्मेलनमा डेब्यू गरेपछि, गुगलले आफ्नो एपको लागि एआई मोडमा “सर्च लाइभ” नामक नयाँ सुविधाको परीक्षण सुरु गरेको ९टु५गुगलले रिपोर्ट गरेको छ।

यो विकल्प इनेबल (सक्षम) भए पछि गुगल एपले गुगल लेन्सको सर्टकटलाई प्रतिस्थापन गर्दै सर्च बार मुनि वेभि सेप स्टार डिस्प्ले (प्रदर्शन) गर्नेछ। एआई मोडमा कुराकानी गर्दा टेक्स्ट बक्सको दायाँतिर अवस्थित नयाँ सर्कुलर (गोलाकार) बटन मार्फत “लाइभ सर्च” इनेबल (सक्षम) गर्न सकिने अर्को तरिका भएको बताइएको छ।

इन्टरफेसले सम्पूर्ण स्क्रिनलाई समेट्ने र माथिल्लो बायाँ कुनामा नयाँ “जी” लोगोको साथ हल्का वा गाढा शैली प्रदान गर्ने बताइएको छ। त्यसैगरी त्यहाँ गुगल कलर्स (रङहरू) मा कर्भड् वेभ्सहरू देख्न सकिने छ भने “पिल” आकारका बटनहरूले “म्यूट” र “ट्रान्सक्रिप्ट” विकल्पहरू प्रदान गर्ने उल्लेख गरिएको छ।

प्रश्न इन्टर गरेपछि, सर्च लाइभले उत्तर निर्माण गर्न प्रयोग गरिएका वेबसाइटहरूको क्यारोसेल देखाउनेछ र जुन स्क्रोल गर्न सकिने जनाइएको छ। गुगलले सर्च (खोज)लाई अझ बढि परिष्कृत गर्न थप प्रश्नहरू पनि सोध्न सक्ने बताइएको छ भने स्वतन्त्र रुपमा संवाद पनि जारी राख्न सकिने थप उल्लेख गरिएको छ।

त्यसैगरी गुगल एप छोडेर ब्याक्ग्राउण्ड (पृष्ठभूमि) मा कुराकानी जारी राख्न सकिने जनाइएको छ। तर भिडियो स्ट्रिमिङको लागि अनुमति दिने क्यामरा विकल्प भने हालको लागि सक्षम नगरिएको उल्लेख छ। यो क्यामरा सेयरिङ सक्षम गर्नु अघि जेमिनी लाइभले मूल रूपमा भ्वाइसको साथ प्रयोग गरेको विधि भएको उल्लेख गरिएको छ।

“लाइभ सर्च” सुविधा हाल एन्ड्रोइड र आईओएसमा गुगल एपहरूमा रोल आउट भइरहेको छ। त्यसैगरी यो केही समयमा सबै माझ पुग्ने र चाँडै देखा पर्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार