गुगल पिक्सेल १० सिरिज गिम्बल जस्तो स्टेबलाइजेसनको साथ आउने

  • Technology Khabar | २३ जेष्ठ २०८२, शुक्रबार
गुगल पिक्सेल १० सिरिज गिम्बल जस्तो स्टेबलाइजेसनको साथ आउने
गुगल पिक्सेल १० को लीक भएको रेन्डर (स्रोतः एन्ड्रोइड हेडलाइन्स)

काठमाडौं ।

गुगल पिक्सेल १० सिरिजमा पिक्सेल ९ लाइनअप जस्तै क्यामरा सेन्सरहरू प्रयोग गर्ने र भेनिला मोडेलमा टेलिफोटो युनिट हुने अफवाह सुन्नमा आएका छन्। यसै क्रममा अब एउटा नयाँ रिपोर्टले पिक्सेल १० सिरिजले “धेरै अपग्रेड गरिएको ईमेज स्टेबलाइजेसन डेब्यू गर्ने” दाबी गरेको छ।

यो जानकारी एन्ड्रोइड हेडलाइन्सका व्यक्तिहरूबाट आएको र “गिम्बल बिना पिक्सेल १० मा डीजेआई ओस्मो मोबाइल ६ प्रयोग गर्ने” जस्तै अनुभव हुनेछ भनि बताएको उल्लेख गरिएको छ। साथै तिनीहरुले “यो नयाँ ईमेज स्टेबलाइजेसन औधि राम्रो हुनेछ” भनि थप उल्लेख गरेको बताइएको छ।

प्रकाशनले यो नयाँ ईमेज स्टेबलाइजेसन (तस्बिर स्थिरीकरण) को विवरणमा उपलब्ध नगराए तापनि यो सम्पूर्ण पिक्सेल १० लाइनअपमा उपस्थित हुनेछ भनि बताएको उल्लेख गरिएको छ। साथै पिक्सेल १० लाइनअपमा पिक्सेल १०, पिक्सेल १० प्रो, पिक्सेल १० प्रो एक्सएल, र पिक्सेल १० प्रो फोल्ड समावेश छन्।

गुगलले पिक्सेल सुपरफ्यानहरूलाई पठाएको पिक्सेल पेन्टहाउस कार्यक्रम निमन्त्रणाले हालै पिक्सेल १० सिरिजको अपेक्षा भन्दा पहिले नै लन्च हुने संकेत गरेको छ। यद्यपि, पछि फेरी स्मार्टफोनहरू अगस्ट १३ तारिखमा आइपुग्नेछन् भन्ने सुन्नमा आए पनि पछिल्लो अफवाहले भने अगस्ट २० तारिखमा गुगलले पिक्सेल १० लाइनअप अनावरण गर्ने मिति हुनेछ भनि दाबी गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार