नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनमा मणिकुमार पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति

Technology Khabar ४ जेष्ठ २०८२, आईतवार

काठमाडौं ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन (NTEAN) को १२औं महाधिवेशन सम्पन्न भएको छ। “नवीनतम प्रविधि समृद्ध संस्था, असल श्रम सम्बन्ध आजको आवश्यकता” भन्ने मूल नारा सहित सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।

महाधिवेशनबाट मणिकुमार पोखरेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष आनन्द पौडेल, उपाध्यक्षहरू राज किशोर चौधरी, प्रकाश शर्मा, जगत प्रसाद भुसाल, छवीलाल न्यौपाने, सृजना सापकोटा, महासचिव गोबिन्द ढुंगाना, उपमहासचिवहरू बचन ढुङ्गेल, दिपक चौलागाईं, सचिवहरू रोशन पाण्डे, कमल खत्री, सावित्रा भट्टराई, कोषाध्यक्ष मेघराज पोखरेललगायत ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो।

यसैगरी केन्द्रीय समितिमा सह-कोषाध्यक्ष शालिकराम आचार्य, सदस्यहरू प्रेमकला सम्बाहाम्फे, शान्ति शर्मा बराल, गायत्री थापा, भिम कुमार राई, राम बाबु सिंह, रुद्रप्रसाद काफ्ले, युवराज अधिकारी, कृष्ण बहादुर थापा, अशोक हिङ्गमांग, प्रदीप ज्ञवाली, रमेश पाठक, प्रेम प्रसाद रिजाल पनि निर्वाचित भए।

केन्द्रीय समितिमा निर्वाचित हुने अन्य व्यक्तिहरुमा कुमार बहादुर चुहान, डिल्लीराज दुलाल, ज्ञानेन्द्र कार्की, केशव प्रसाद भुसाल, अजय कुमार काफ्ले, निल कमल बुर्जा, लक्ष्मी प्रसाद पराजुली, कामेश्वर पण्डित, मेघनाथ ढकाल, गणेश प्रसाद काफ्ले, रुक्मांगत सापकोटा, राम कुमार बस्नेत, माधव प्रसाद जोशी रहेका छन्।

साथै, नेपाल टेलिकमको समसामयिक अवस्थामा छलफल गर्दै आम कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि सङ्गठन अझ सशक्त ढङ्गले क्रियाशील रहने सङ्कल्प गर्दै १४ बुँदे प्रस्ताव पारित गरेको जनाएको छ।

प्रकाशित: ४ जेष्ठ २०८२, आईतवार

तपाइको प्रतिक्रिया