Oppo

ओप्पो प्याड एसई ११ इन्चको २के डिस्प्ले र ९,३४० एमएएच ब्याट्रीसहित एसई सार्वजनिक

ओप्पो प्याड एसई ११ इन्चको २के डिस्प्ले र ९,३४० एमएएच ब्याट्रीसहित एसई सार्वजनिक
Global IME Bank

ओप्पोले चीनमा भएको आफ्नो कार्यक्रममा रेनो१४ र रेनो१४ प्रोसँगै प्याड एसई पनि अनावरण गरेको छ। यो नयाँ ट्याब्लेटमा ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्पलिङ रेट भएको ११ इन्चको १९२० ह१२०० एलसीडी स्क्रिनको साथै मिडियाटेक हेलियो जी१०० एसओसी, ५ मेगापिक्सेलको रियर क्यामरा, ५ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा र ३३ वाट वायर्ड चार्जिङको लागि समर्थन भएको ९,३४० एमएएच ब्याट्री समावेश गरिएको छ।

यस ट्याब्लेटको मापन २५४.९१x१६६.४६x७.३९ मिमी र तौल ५३० ग्राम रहेको छ। यो ट्याब्लेटले एन्ड्रोइड १५ मा आधारित कलरओएस १५।०।१ रन गर्दछ। यसमा फिङ्गरप्रिन्ट सेन्सर भने उपलब्ध नभएको र केवल क्यामरा–बेस्ड (आधारित) फेस अनलकिङ रहेको उल्लेख छ।

यो ट्याब्लेट ६/१२८जीबी, ८/१२८जीबी र ८/२५६जीबी गरी तीनवटा र्याम र स्टोरेज कम्बोहरूमा उपलब्ध हुने छन्। ट्याब्लेटको मूल्य सामान्यतया ८९९ चिनियाँ युआन (१२५ अमेरिकी डलर) बाट सुरु हुने भए पनि हाल चलिरहेको प्रि–सेलमा मूल्य घटाएर ८४९ चिनियाँ युआन (११८ अमेरिकी डलर) गरिएको उल्लेख छ। ट्याब्लेटको ढुवानी मे २३ तारिखमा सुरु हुनेछ भने स्टारलाइट सिल्भर र नाइट ब्लू कलर (रङ्ग) हरूबाट छनौट गर्न सकिने छ।

प्याड एसई अन्तर्राष्ट्रिय बजारहरूमा लन्च हुनेछ कि छैन भन्ने बारेमा भने निश्चितता नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa
easy care