चैत महिनासम्म नेपालमा २५ करोडमाथिको स्मार्टवाच आयात

  • Technology Khabar | १० बैशाख २०८२, बुधबार
चैत महिनासम्म नेपालमा २५ करोडमाथिको स्मार्टवाच आयात

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको नवौं महिना चैत्रसम्म साढे २५ करोड ३० लाख हाराहारीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा २५ करोड ३० लाख ६० हजार बराबरको १ लाख ५० हजार ३१९ थान स्मार्टवाच आयात भएको छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म स्मार्टवाचका लागि २५ करोड ३० लाख ६० हजार रुपैयाँ हाराहारी देशबाहिर जाँदा सरकारले ७ करोड ६० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो महिनासम्म नेपालमा २३ मुलुक तथा एउटा नाम नखुलेको ठाउँबाट गरी १ लाख ५० हजार ३१९ थान स्मार्टवाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै १ लाख २९ हजार ५१३ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य १८ करोड ३९ लाख ९३ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ३ करोड ३६ लाख २३ हजार बराबरको १९ हजार ३३५ थान र भियतनामबाट ३ करोड ३४ लाख बराबरको १ हजार १५२ थान स्मार्टवाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रसं देश विवरण रकम (हजारमा)
चीन १२९५१३ १८३९९२
भारत १९३३५ ३३६२३
भियतनाम ११५२ ३३४००
जर्मनी ७९ १०९
यूएई ४४ ३१०
अमेरिका ४० २६०
कतार १५ ११
हङकङ ४६ ४०५
अस्ट्रेलिया १८ १५६
१० इजरायल १४ १२
११ भानुआटु २० ४३२
१२ भानुआटु १० १०

 

यसबाहेक बाँकी देशहरुबाट १ हजारदेखि १ लाख २ हजारसम्मको १ देखी ८ थानसम्म स्मार्टवाच आएको विवरणमा देखिएको छ।

 

 

प्रकाशित: १० बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार