म्याकबुकमा प्लग इन गरेर त्यसको सामग्री स्ट्रिम गर्न मिल्ने भिजन प्रो हेडसेटमा काम गर्दै एप्पल

  • Technology Khabar | २ बैशाख २०८२, मंगलवार
म्याकबुकमा प्लग इन गरेर त्यसको सामग्री स्ट्रिम गर्न मिल्ने भिजन प्रो हेडसेटमा काम गर्दै एप्पल

काठमाडौं ।

एप्पल आफ्नो मिक्स्ड रियालिटी हेडसेट भिजनमा अझै काम गरिरहेको ब्लूमबर्गका मार्क गर्मनले बताएका छन्।

गर्मनका अनुसार पहिलो संस्करणको बिक्री अपेक्षा अनुसार नहुँदा कम्पनीले भविष्यमा कुन दिशा लिने भन्नेबारे छलफल गरिरहेको थियो। तर अहिले कम्पनी दुई फरक मोडेलमा अगाडि बढिरहेको छ। तीमध्ये एक मोडेलले सुरुवाती भिजन प्रोमा उठेका दुई प्रमुख गुनासो — यसको तौल र ३,५०० डलरको मूल्य — समाधान गर्ने प्रयास गर्नेछ।

एप्पल अहिले हल्का र सस्तो भिजन प्रो बनाउने काम गरिरहेको बताइएको छ। यद्यपि ट्रम्प प्रशासनले आयात शुल्कमा गरिरहेको अस्थिर निर्णयले यो काम सजिलो नहुन सक्ने देखिएको टेकक्रञ्चले उल्लेख गरेको छ।

साथै एप्पल अर्को मोडेल पनि निर्माण गर्दै रहेको थाहा भएको छ जुन प्रयोगकर्ताको म्याकसँग जडान गर्न सकिने हुनेछ। यसले प्रयोगकर्ताले म्याकको स्क्रिनमा देखिने सामग्री भिजन प्रोमा स्ट्रीम गर्न सक्ने र इन्टरप्राइज एप्लिकेसन प्रयोग गर्न सक्ने बनाउनेछ।

यद्यपि यी प्रयासहरू एप्पलका सीईओ टिम कुकको दीर्घकालीन लक्ष्यतर्फको सानो कदम मात्रै हुन्। गर्मनका अनुसार कुकको अन्तिम लक्ष्य दिनभर लगाउन मिल्ने हल्का अग्मेन्टेड रियालिटी चश्मा निर्माण गर्नु हो।

प्रकाशित: २ बैशाख २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Korea showcases AI-powered drone technology, fires 600-mm ‘Sniper’ rocket launcher

  • Technology Khabar
  • २ बैशाख २०८२, मंगलवार