काठमाडौं ।
साउदी अरेबियाले विशाल ‘नाफुद’ मरुभूमिमा हराएका यात्रुहरूलाई नेभिगेट (मार्ग निर्देशन) गर्नको लागि मद्दत गर्ने एक नवीन पहल सुरु गरेको छ।
पानीका प्रमुख स्रोतहरू नजिकै राखिएका सौर्य ऊर्जाबाट चल्ने उक्त “लेजर बीकनहरू” ले कठिनाइमा परेका व्यक्तिहरूलाई मद्दत गर्नको लागि विशेष गरी रातमा देख्न सकिने भिजिबल लाइटको संकेतहरू उत्सर्जन गर्नेछ भनि विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।
अन्वेषक मोहम्मद फोहैद अल–सोहैमान अल–रामलीको नेतृत्वमा, परियोजनाले हराएका यात्रुहरूको डिहाइड्रसन (निर्जलीकरण) को कारण मृत्यु हुने त्रासदीहरूलाई रोक्ने लक्ष्य राखेको छ।
सुरुमा ११ बीकनहरू सहितको यस पहलले सरकारी समर्थन प्राप्त गरेको छ भने हेल र जौफ क्षेत्रहरूमा थप १०० “लेजर बीकनहरू” विस्तार गर्ने योजना रहेको बाइएको छ।
टिकाउ र कम मर्मतसम्भारको आवश्यकता पर्ने यो समाधानले जीपीएस वा इलेक्ट्रोनिक डिभाइसहरूमा भर नपरिकन मरुभूमिमा सुरक्षा बढाउन सरल तर प्रभावकारी तरिका प्रदान गर्ने टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २२ चैत्र २०८१, शुक्रबार