फेसबुकमा अब आफ्नो साथीहरूको पोस्टहरू मात्र देखिने

  • Technology Khabar | २२ चैत्र २०८१, शुक्रबार
फेसबुकमा अब आफ्नो साथीहरूको पोस्टहरू मात्र देखिने

काठमाडौं ।

मेटाले फेरि एक पटक सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताहरूलाई तिनीहरूको ‘फिड’ मा विज्ञापन वा रिकमेण्डेसन (सिफारिस) बिना साथीहरूको पोस्ट, स्टोरिज र भिडियोहरू मात्र हेर्न सकिने बनाएको छ।

समयसँगै, फेसबुकले समूहहरूको क्षमताहरू विस्तार गरेको छ, भिडियो र विज्ञापन प्लेटफर्महरू सुधार गरेको छ, तर यस बीचमा “म्याजिक अफ फ्रेन्ड्स” (साथीहरू बीचको आत्मीयता) फिक्का भएको र नयाँ सेटिङहरूले सामाजिक सञ्जाललाई यसको जरा र प्रियजनहरूसँगको सञ्चारमा फर्काउनु पर्छ, भनि कम्पनीले उल्लेख गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

सुरुमा उक्त परिवर्तन संयुक्त राज्य अमेरिका र क्यानडामा लागू गरिएको छ। प्रयोगकर्ताहरूले नयाँ फ्रेन्ड्स ट्याब मार्फत आफ्नो मनपर्ने सेटिङहरू प्रस्तुत गनै सक्नेछन्।

“फ्रेन्ड्स रिक्वेस्ट र पिपल यू मे नो हेर्ने ठाउँमा फ्रेन्ड्स ट्याबले अब तपाईंका स्टोरिज, फिड, पोस्ट, जन्मदिन र फ्रेन्ड्स रिक्वेस्टहरू प्रदर्शन गर्नेछ” मेटाले आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा उल्लेख गरेको छ।

साथै, मेटा कम्पनीले सामाजिक सञ्जालहरू “साँच्चै सामाजिक हुनुपर्छ” भन्ने कुरामा जोड दिएको र यसले थप रमाइलो, सरल अनुभवहरू प्रस्तुत गर्नेछ जसले प्रयोगकर्ताहरूलाई अझ सजिलैसँग कनेक्ट (जडान) गर्न अनुमति दिनेछ भनि घोषणा गरेको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २२ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार