फागुन महिनासम्ममा नेपालमा भित्रियो १६ अर्ब ६४ करोडमाथिको चार पाङ्रे विद्युतीय सवारी

  • Technology Khabar | १२ चैत्र २०८१, मंगलवार
फागुन महिनासम्ममा नेपालमा भित्रियो १६ अर्ब ६४ करोडमाथिको चार पाङ्रे विद्युतीय सवारी
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

फागुन महिनासम्ममा नेपालमा १६ अर्ब ६४ करोड रुपैयाँ हाराहारीको ७ हजार ८० थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सावारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८१/८२ को आठौं महिना फागुनसम्म नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य १६ अर्ब ६४ करोड ३२ लाख ८७ हजार रुपैयाँ रहेको छ।

अघिल्लो महिना माघसम्म १४ अर्ब ७५ करोड ३ लाख ९७ हजार रुपैयाँ बराबरको ६ हजार २५६ चारपाङ्ग्रे विद्युती सवारी साधन आयात भएका थिए। यसरी हेर्दा माघबाट फागुनसम्मको १ महिनामा १ अर्ब ८९ करोड २८ लाख ९० हजार बराबरको ८२४ चारपाङ्ग्रे सवारी भित्रिएको देखिन्छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका गरी विश्वका ६ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म १४३६ २, ६६, ५०, ९९, ०००
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म १०९४ १, ८८, ७३, ६२, ०००
कार, जीप र भ्यान इण्डोनेसिया ५० किलोवाटसम्म १८, ७७, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म ३१९७ ८, २५, १८, ७७, ०००
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म ६८१ १, ४३, ५७, ६८, ०००
कार, जीप र भ्यान दक्षिण कोरिया ५१ देखि १०० किलोवाटसम्म ४५, ८९, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म ६२४ २, ०९, २९, ९२, ०००
कार, जीप र भ्यान सं. रा. अमेरिका १०१ देखि २०० किलोवाटसम्म १६, ६०, ८, ०००
कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म २४ १६, ४१, ०१, ०००
कार, जीप र भ्यान दक्षिण कोरिया १०१ देखि २०० किलोवाटसम्म  १, ५७, ८८, ०००

 

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म १० ६, ७८, ५६, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी २०१ देखि ३०० किलोवाटसम्म २, ६२, ५५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका २०१ देखि ३०० किलोवाटसम्म       ४७,९१,०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन  ३०० किलोवाटदेखि माथि ८३, २३, ०००

प्रकाशित: १२ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार