नेपालमा स्मार्ट वाचको आयात बढ्दो, फागुन महिनामा मात्रै भित्रियो १ करोड रुपैयाँमाथिको ३ हजार थान

  • Technology Khabar | १२ चैत्र २०८१, मंगलवार
नेपालमा स्मार्ट वाचको आयात बढ्दो, फागुन महिनामा मात्रै भित्रियो १ करोड रुपैयाँमाथिको ३ हजार थान

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको आठौै महिना फागुनसम्म साढे २२ करोड ७२ लाख ७३ हजारको स्मार्ट वाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा २२ करोड ७२ लाख ७३ हजार बराबरको १ लाख ३० हजार ७३५ थान स्मार्ट वाच आयात भएको छ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म स्मार्ट वाचका लागि २२ करोड ७२ लाख ७३ हजार रुपैयाँ देशबाहिर जाँदा सरकारले ६ करोड ८३ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो महिनासम्ममा नेपालमा २३ मुलुक तथा एउटा नाम नखुलेको ठाउँबाट गरी १ लाख ३० हजार ७३५ थान स्मार्ट वाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै १ लाख १५ हजार ९६७ थान स्मार्ट वाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य १६ करोड ९० लाख ८१ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट २ करोड ३२ लाख ६७ हजार बराबरको १३ हजार ३२६ थान र भियतनामबाट ३ करोड ३४ लाख बराबरको १ हजार १५२ थान स्मार्ट वाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रं सं देश विवरण रकम (हजारमा)
चीन ११५९६७ १६९०८१
भारत १३३२६ २०९३४
भियतनाम ११५२ ३३४००
जर्मनी ७९ १०९
यूएई ४० १४४
अमेरिका ३८ 2३२
कतार १५ ११
हङकङ ४६ ४०५
अस्ट्रेलिया १२ १५१
१० इजरायल १४ १२
११ भानुआटु १० १०

यसबाहेक थाइल्याण्ड र दक्षिण कोरियाबाट ६६ हजार र १ लाख ४२ हजार बराबरको समान ७-७ थान, जापान, माल्दिभ्स तथा सिंगापुरबाट समान ३-३ थान, नर्वे, श्रीलंका, बेलायत तथा स्विजरल्याण्डबाट समान २-२ थान र उज्बेकिस्तान, मलेसिया, बेल्जियम तथा नाम नखुलेको एक क्षेत्रबाट समान १-१ थान स्मार्ट वाच आयात भएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १२ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार