मानव रोबोटका क्षेत्रमा १४ अर्ब डलर लगानी गर्दै चिनियाँ ईभी निर्माता एक्सपेङ

  • Technology Khabar | २८ फाल्गुन २०८१, बुधबार
मानव रोबोटका क्षेत्रमा १४ अर्ब डलर लगानी गर्दै चिनियाँ ईभी निर्माता एक्सपेङ

काठमाडौं ।

चिनियाँ ईभी निर्माता एक्सपेङले ह्युमनोइड रोबोटलाई दीर्घकालीन परियोजनाका रुपमा लिँदै १०० अर्ब युआन (१३.८० अर्ब डलर) सम्मको ठूलो लगानी गर्ने विचार गरिरहेको छ। यो जानकारी राज्य सञ्चालित मिडियाले सोमबार सीईओको भनाइ उद्धृत गर्दै रिपोर्ट गरेको हो।

सीईओ हे सियाओपेंगले वार्षिक संसदीय सत्रको क्रममा कम्पनीको हालको लगानी सुरुवाती चरणको हिसाबले तुलनात्मक रूपमा सीमित भए पनि, अझ धेरै लगानी गर्न तयार रहेको बताएका सेक्युरिटिज टाइम्सले रिपोर्ट गरेको छ।

“एक्सपेङले पाँच वर्षदेखि ह्युमानोइड रोबोट उद्योगमा काम गरिरहेको छ, अर्को २० वर्षसम्म यो क्षेत्रमा रहने, थप ५० अर्ब युआन र सम्भवतः १०० अर्ब युआन लगानी गर्ने सम्भावना छ,” उनले भने। उनले कम्पनीको हालको लगानी खुलाएका छैनन्।

ग्वाङ्झाउस्थित ईभी निर्माता एक्सपेङ २०२० मा ह्युमानोइड रोबोट उद्योगमा प्रवेश गरेको थियो र नोभेम्बरमा टेस्ला बोटको प्रतिस्पर्धीको रूपमा आफ्नो ह्युमानोइड ‘आइरन’ सार्वजनिक गरेको रोयटर्सले उल्लेख गरेको छ।

एक्सपेङ ती बढ्दो संख्याका अटोमेकरहरू मध्ये एक हो जसले ह्युमानोइड रोबोटमा लगानी गरिरहेका छन्, जुन क्षेत्रलाई प्रविधिगत प्रगति गर्नुपर्ने चिनियाँ नीति निर्माताहरूले संकेत गरेका छन्।

स्टेलान्टिसद्वारा समर्थन प्राप्त लीपमोटरले दर्जनौँ व्यक्तिहरूको रोबोट टोली स्थापना गरेको छ, जुन हाल प्रारम्भिक अनुसन्धान चरणमा रहेको सीईओ झू जियाङमिङले मंगलबार पत्रकारहरूलाई बताएका छन्। यी उत्पादनहरू लीपमोटर कारखानाका एसेम्बलीहरू जस्ता औद्योगिक क्षेत्रमा प्रयोग गर्न लक्षित छन्, जहाँ रोबोटले मानव श्रमिकको ठाउँ लिएर कार्य दक्षता सुधार गर्न सक्छ।

उपयुक्त क्षेत्रमा ह्युमानोइड रोबोट तैनाथ गर्न अटोमेकरहरूले वार्षिक रूपमा १-२ अर्ब युआनसम्म लगानी गर्न सक्ने, आर्थिक भिजन रिपोर्टले मंगलबार उल्लेख गरेको छ।

प्रकाशित: २८ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell and Nepal Mediciti Hospital partner to offer exclusive healthcare benefits to customers

  • Technology Khabar
  • २८ फाल्गुन २०८१, बुधबार