भुक्तानी प्रणाली सञ्चालक संस्था अनिवार्यरुपमा पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने

  • Technology Khabar | २१ फाल्गुन २०८१, बुधबार
भुक्तानी प्रणाली सञ्चालक संस्था अनिवार्यरुपमा पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने
सांकेतिक तस्विर

काठमाडौं ।

भुक्तानी प्रणाली सञ्चालक संस्था अनिवार्यरुपमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हुनुपर्ने भएको छ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले आज भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरुलाई नयाँ निर्देशन दिँदै सार्वजनिक कम्पनीको रुपमा दर्ता हुनुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ।

केन्द्रीय बैंकले जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा नयाँ व्यवस्था थप गरेको छ।

जसअनुसार कम्पनीहरु अब २०८५ असार मसान्तभित्र पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुनुपर्नेछ।

“यो निर्देशन जारी हुनु अघि भुक्तानी प्रणाली सञ्चालकको रुपमा कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था २०८५ असार मसान्तभित्र पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भई सक्नुपर्ने छ,” जारी निर्देशिकामा भनिएको छ।

प्रकाशित: २१ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल पिक्सेल १०ए का थप रेन्डरहरू लीक

  • Technology Khabar
  • २१ फाल्गुन २०८१, बुधबार