भुक्तानी सेवा प्रदायकले सूचना प्रविधि विभागमा सूचीकृत सँस्थासँग मात्र डाटा सेन्टर राख्न पाउने

  • Technology Khabar | २१ फाल्गुन २०८१, बुधबार
भुक्तानी सेवा प्रदायकले सूचना प्रविधि विभागमा सूचीकृत सँस्थासँग मात्र डाटा सेन्टर राख्न पाउने
सांकेतिक तस्बिर

काठमाडौं ।

इन्टरनेट तथा मोबाइल बैंकिङ प्रणाली सञ्चालन वा कारोबार गर्न अनुमति प्राप्त संस्थाले आफ्ना डाटा सेन्टर राख्दा नेपाल सरकारको सूचना प्रविधि विभागले डाटा सेन्टरको रुपमा कार्य गर्न सूचीकृत गरेको संस्थासँग डाटा सेन्टर राख्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले आज भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन, परिमार्जन तथा थप गर्दै यस्तो प्रावधान राखेको हो। निर्देशनमा संस्थाले नेपाल सरकारको सूचना प्रविधि विभागले डाटा सेन्टरको रुपमा कार्य गर्न सूचिकृत गरेको संस्थासँग मात्र आफनो डाटा सेन्टर राख्न सक्ने उल्लेख गरिएको छ।

‘अनुमति पत्र प्राप्त संस्थाहरुले हाल कायम रहेको डाटा सेन्टर ‘डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१’ मा तोकिएको समयमा सूचीकृत भए-नभएको एकीन गर्नुपर्ने छ,’ निर्देशनमा भनिएको छ।

प्रकाशित: २१ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell and Nepal Mediciti Hospital partner to offer exclusive healthcare benefits to customers

  • Technology Khabar
  • २१ फाल्गुन २०८१, बुधबार