सबैभन्दा मूल्यवान कार ब्रान्डहरूको शीर्षस्थानमा टोयोटा

  • Technology Khabar | २४ माघ २०८१, बिहीबार
सबैभन्दा मूल्यवान कार ब्रान्डहरूको शीर्षस्थानमा टोयोटा

काठमाडौं ।

ग्लोबल ५०० ब्रान्ड रिपोर्ट अनुसार टोयोटा संसारको सबैभन्दा मूल्यवान कार ब्रान्ड बनेको छ।

यो रिपोर्ट क्षेत्रको आधारमा नभएर विश्वव्यापी रूपमा कम्पनीहरूको मूल्याकनसँग सम्बन्धित रहेको हुनाले अग्रणी कार निर्माता वास्तवमा १८ औं स्थानमा रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

यस सूची अनुसार, सबैभन्दा मूल्यवान कार निर्माता टोयोटा भएको छ जुन सन् २०२३ को तुलनामा विश्वव्यापी रूपमा तीन स्थान अगाडि बढेको छ। यस ब्रान्डको मूल्य ५८.४ बिलियन यूरो पुगेको छ।

टोयोटापछि मर्सिडिज बेन्जको मूल्याकन ४७.६ बिलियन युरो र त्यसपछि हुण्डाई ग्रुपको (४१.५ बिलियन युरो) मूल्याकन रहेका छन्।

सबैभन्दा मूल्यवान कार ब्रान्डहरूको शीर्ष ५ मा टेस्ला (३८.६ बिलियन) र बीएमडब्ल्यू (३८.१ बिलियन युरो) पनि परेका छन्।

ग्लोबल ५०० ब्रान्ड रिपोर्ट अनुसार १० सबैभन्दा मूल्यवान कार ब्रान्डहरूको पूर्ण सूची यहाँ छः

टोयोटा – ५८.४ बिलियन युरो
मर्सिडीज – ४७.६ बिलियन युरो
हुन्डाई समूह – ४१.५ बिलियन युरो
टेस्ला – ३८.६ बिलियन युरो
बीएमडब्ल्यू – ३८.१ बिलियन युरो
पोर्श – ३६.९ बिलियन युरो
मित्सुबिशी ग्रुप – ३६.२ बिलियन युरो
टाटा ग्रुप – २८.३ बिलियन युरो
फक्सवागन – २८.२ बिलियन युरो
होन्डा – २५.४ बिलियन युरो

प्रकाशित: २४ माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive Honors Nepal’s Top-Performing with EV Cab and E-Scooter at Platinum Giveaway in Nepal

  • Technology Khabar
  • २४ माघ २०८१, बिहीबार