डिजिटल डिभाइसको प्रयोग बढ्दो: पौष मसान्तसम्म १९ करोड हाराहारीको स्मार्टवाच आयात

  • Technology Khabar | १० माघ २०८१, बिहीबार
डिजिटल डिभाइसको प्रयोग बढ्दो: पौष मसान्तसम्म १९ करोड हाराहारीको स्मार्टवाच आयात

काठमाडौं ।

नेपालमा यो आर्थिक वर्षको पूर्वार्द्ध अर्थात् शुरुवाती ६ महिनामा साढे १९ करोड हाराहारीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पौष महिनासम्मको वैदेशिक व्यापारको तथ्यांकमा यस्तो उल्लेख छ।

यो अवधिमा १८ करोड ८९ लाख ३९ हजार बराबरको १ लाख ७ हजार ७८९ थान स्मार्टवाच आयात भएको छ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्म स्मार्टवाचका लागि १९ करोड रुपैयाँ हाराहारी देशबाहिर जाँदा सरकारले ५ करोड ६८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो महिनासम्म नेपालमा २१ मुलुक तथा एउटा नाम नखुलेको ठाउँबाट स्मार्टवाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै ९३ हजार ८६५ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य १३ करोड ४७ लाख १० हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट २ करोड ९ लाख ३४ हजार बराबरको १२ हजार ५२६ थान र भियतनामबाट ३ करोड १८ लाख ७३ हजार बराबरको १ हजार १२८ थान स्मार्टवाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रं सं देश विवरण रकम (हजारमा)
चीन ९२८५६ १३४७०१
भारत १२५२६ २०९३४
भियतनाम ३१८७३ ११२८
जर्मनी ७९ १०९
यूएई ४० १४४
अमेरिका २९ १९९
कतार १४ ११
हङकङ ४६ ४०५
अस्ट्रेलिया १० १५०
१० इजरायल १४ १२

यसबाहेक बाँकी देशहरुबाट १ देखि १ लाख ४२ हजारसम्मको १ देखी ७ थानसम्म स्मार्टवाच आएको विवरणमा देखिएको छ।

प्रकाशित: १० माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...