माइक्रोसफ्टको नयाँ किबोर्ड अनावरण

  • Technology Khabar | २३ पुष २०८१, मंगलवार
माइक्रोसफ्टको नयाँ किबोर्ड अनावरण

काठमाडौं ।

माइक्रोसफ्टको एसेसरिज लाइन अधिग्रहण गरेको ब्रान्ड ‘इनकेस’ ले  कम्पनीद्वारा डिजाइन गरिएको कम्प्याक्ट किबोर्ड अनावरण गरेको छ।

किबोर्डको मूल्य ११९.९९ अमेरिकी डलर कायम गरिएको छ भने किबोर्डमा स्लिक स्प्लिट डिजाइन र एउटा समर्पित कोपाइलट बटन रहेको छ।

ब्लुटुथ मार्फत तीनवटा डिभाइसहरू जडान गर्न सकिने यो किबोर्ड दुईवटा एएए ब्याट्रीहरू द्वारा सञ्चालित हुने र ३६ महिना सम्म चल्ने इनकेसले दावी गरेको विदेशी मिडियाले उल्लेख गरेको छ।

माइक्रोसफ्टले सन् २०२३ मा माउस, किबोर्ड र अन्य पीसी एसेसरिज (सामानहरू) को लाइन बन्द गरिसकेपछि इनकेसले माइक्रोसफ्टको जस्तै कम्पोनेन्टहरू र आपूर्ति श्रृंखला प्रयोग गरी मोडेलहरू फिर्ता ल्याउन टेक जायन्टसँग साझेदारी गरेको थियो।

यो इनकेस किबोर्ड लगभग १२९.९९ अमेरिकी डलर मूल्यको साथ लगिटेक एर्गो के८६० जत्तिकै महँगो भएको बताइएको छ। यद्यपि यो किबोर्ड अझै पनि नुइओ फ्लो र जेडएसए भोयाजर जस्ता हाई–इण्ड विकल्पहरू भन्दा धेरै सस्तो भएको उल्लेख गरिएको छ।

साथै कम्पनीले “२०२५ को शुरुमा” यो किबोर्ड प्रस्तुत गर्ने इनकेसले बताएको छ।

यसबाहेक कम्पनीसँग धेरै अन्य माइक्रोसफ्ट–डिजाइन गरिएका एसेसरिज (सामानहरू) योजनाबद्ध रहेको उल्लेख गरिएको छ। यद्यपि कम्पनीको वेबसाइटमा हाल खरिदका लागि दुईवटा माउस र एउटा ब्लुटुथ किबोर्ड मात्र उपलब्ध रहेको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २३ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...