ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ‘अनलाइन क्यासिनो’ खेलाउने ५३ जना पक्राऊ

  • Technology Khabar | २३ पुष २०८१, मंगलवार
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ‘अनलाइन क्यासिनो’ खेलाउने ५३ जना पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो। हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उनले बताए।

अभियुक्तहरूबाट ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान  मोबाइल फोन पनि बरामद भएको छ।  उनीहरुले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उनले बताए।-रासस

 

प्रकाशित: २३ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Award-winning ‘Electric Compact Vehicle of the Year 2026’ – Proton e.MAS 5 coming to Nepal

  • Technology Khabar
  • २३ पुष २०८१, मंगलवार