राहदानी प्रणालीमा समस्या हुँदा पोर्चुगलमा सञ्चालन हुने घुम्ती शिविर स्थगित

  • Technology Khabar | ११ मंसिर २०८१, मंगलवार
राहदानी प्रणालीमा समस्या हुँदा पोर्चुगलमा सञ्चालन हुने घुम्ती शिविर स्थगित

काठमाडौं ।

पोर्चुगल स्थित माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ। राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा हुने घुम्ती शिविर स्थगन गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ।

माल्टाको बिरकिरकरामा यही मङ्सिर १५ गतेदेखि १९ सम्म शिविर सञ्चालन गरिने तयारी गरिएको थियो । यसअघि राहदानी नवीकरणलगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने तय भएको थियोे ।

प्राविधिक समस्याका कारण राहदानीसम्बन्धी सेवा अवरुद्ध भएकाले हालका लागि माल्टामा सञ्चालन गर्न लागिएको घुम्ती सेवा स्थगन गरिएको स्पेनका लागि कार्यवाहक नेपाली राजदूत यज्ञराज पौड्यालले जानकारी दिए। राहदानी प्रणालीमा देखिएको समस्या समाधान हुनासाथ घुम्ती सेवा शिविर सञ्चालन गरिने उनले बताए।

प्रकाशित: ११ मंसिर २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

KMC hosts three-day workshop on advanced research methods, data analysis, and ethical use of AI

  • Technology Khabar
  • ११ मंसिर २०८१, मंगलवार