नेपाल टेलिकमले दशैं र तिहारको बिदाका दिनमा पनि ग्राहक सेवा काउन्टर सञ्चालन गर्ने

  • Technology Khabar | २४ आश्विन २०८१, बिहीबार
नेपाल टेलिकमले दशैं र तिहारको बिदाका दिनमा पनि ग्राहक सेवा काउन्टर सञ्चालन गर्ने

काठमाडौं ।

नेपाल टेलिकमले दशैं र तिहारका सार्वजनिक बिदाका दिनहरुमा पनि आफ्ना ग्राहक सेवा काउन्टर सञ्चालन गर्ने भएको छ। टेलिकमले आज एक सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो।

विजया दशमी तथा शुभ दीपावली २०८१ को बिदाका दिनहरूमा  नेपाल टेलिकमले आफ्ना ग्राहक वर्गको सुविधालाई ध्यानमा राखेर विजया दशमी तथा दीपावलीको बिदामा पनि विभिन्न मिति, समय र स्थानमा टेलिफोन, मोबाइल तथा इन्टरनेटको महसुल भुक्तानी, सिम वितरण तथा परिवर्तन  सम्बन्धी कार्यका लागि काउन्टर खुला रहने टेलिकमले जनाएको छ।

काउन्टर खुल्ने कार्यालय समय निम्न रहेका छन्

काउन्टर खुल्ने कार्यालयकाउन्टर खुल्ने मितिकाउन्टर खुल्ने समय
सुन्धारा२०८१ असोज २४, २५, २७, २८२०८१ असोज २४ गतेदेखि कात्तिक १५ गतेसम्म १० बजेदेखि ५ बजेसम्म र कात्तिक १६ देखि १९ गतेसम्म १० बजेदेखि ४ बजेसम्म
२०८१ कात्तिक १५, १६, १७, १९
चाबहिल, गोंगबु, पाटन, ठिमी बनेपा, मन्थली, चरिकोट, धादिङ बाहवीसे, हेटौंडा, भरतपुर, टाँडी, पाँचखाल, चौतारा, सिन्धुली, त्रिशूली२०८१ असोज २५ र २७
२०८१ कात्तिक १६ र १९

मर्मत सम्भार तथा जडान सम्बन्धी काम पनि बडा दशैँ तथा तिहार बिदामा नियमित सञ्चालन गरिने जनाइएको छ।

प्रकाशित: २४ आश्विन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...