मोबाइल नेटवर्कको समस्या समाधान गरिदिन सञ्चार मन्त्रीलाई रास्वपाको आग्रह

  • Technology Khabar | १८ आश्विन २०८१, शुक्रबार
मोबाइल नेटवर्कको समस्या समाधान गरिदिन सञ्चार मन्त्रीलाई रास्वपाको आग्रह

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोबाइल नेटवर्कको समस्या समाधान गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्रमार्फत् अनुरोध गरेको छ।

पत्रमा सञ्चारमन्त्रीमार्फत् सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिन अनुरोध गरिएको छ।

पत्रमा हालैको प्राकृतिक विपद्ले पृथ्वी राजमार्गअन्तर्गत नागढुंगादेखि मुग्लिनसम्म धेरै स्थानमा पहिरोका कारण बाटो एकतर्फी मात्र सञ्चालनमा रहेको उल्लेख गरिएको छ।

यसबाहेक अहिले नेपालीहरूको महत्त्वपूर्ण पर्व बडा दसैंको लागि यात्रा गर्ने यात्रुहरूको चाप अत्यधिक भएकोले यात्रा गर्न लामो समय लाग्ने गरेको स्मरण गराउँदै यी क्षेत्रहरूमा नेपाल टेलिकम र एनसेलबाट परिवारसँग सम्पर्क गर्न खोज्दा नेटवर्क नहुने, फोन नलाग्ने र डाटा समेत नचल्ने समस्या भएकाले यात्रुहरू आफन्तजनसँग सम्पर्क विच्छेदको अवस्थामा रहेका अवगत गराइएको छ।

‘जसकारण मानसिक तनाव समेत बेहोर्नु परेको गुनासो यात्रुहरू र स्थानीयवासीहरूबाट आएकाले तत्काल अस्थायी समाधानका लागि ‘मोबाइल भ्यान’ को विकल्प रहेको अवगत गराउँदै मन्त्री ज्यूबाट यसका लागि तुरून्त सम्बन्धित निकायमा निर्देशन गर्न एवं स्थायी समाधानका लागि नेपाल टेलिकम र एनसेललाई उचित निर्देशन दिनहुन अनुरोध छ,’ पत्रमा उल्लेख गरिएको छ।

प्रकाशित: १८ आश्विन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १८ आश्विन २०८१, शुक्रबार